
कैलाली । हँसिया प्रहार गरी आफ्नै भाईको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका–१७ बस्ने १४ बर्षीय लोकबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ ।
शाहले शुक्रबार आपसी विवादमा घरमा कोही नभएको अवस्थामा ८ बर्षीय भाई हर्क शाहलाई हँसिया प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।