धेरै सुन्दर देखिएका कारण तलब काटिएपछि….(भिडियोसहित)

सुन्दर र राम्रो देखिन कस्लाई मन पर्दैन ? अक्सर सुन्दर मानिसहरुले कार्यालय र समाजमा प्रशंसा पाउने गर्दछन् । तर यही सुन्दरताकै कारण तपाई कार्यरत कम्पनीले तपाईको पारिश्रमिक कटौति गरे के होला ?

चीनको एउटा विमानस्थलमा काम गर्ने प्राविधिकका साथ यही घटना भएको छ, सुन्दर भएकै कारण उनको १० प्रतिशत पारिश्रमिक कटौति गरिएको छ।

चीनको शियामेन विमानस्थलमा काम गर्ने एक जना प्राविधिकको भिडियो हालै भाइरल भएको थियो । जुन एक जना यात्रुले प्लेनबाट रेकर्ड गरेका थिए । भिडियोमा प्राविधिक निकै शानका साथ हिडिरहेका थिए । हेर्दा उनी निकै ह्याण्डसम देखिन्थे । हेर्दाहेर्दै यो भिडियो भाइरल भयो र सबैतिर उनको चर्चा सुरु भयो ।

एकातिर यो भिडियोले उक्त प्राविधिकलाई रातारात सामाजिक सञ्जालमा स्टार बनाइदियो भने अर्कातिर उनका सिनियरहरुलाई यो कुरा मन परेन र उनको १० प्रतिशत तलब काटियो ।

तलब कटौति गर्नुको पछाडि ड्युटीका बेला प्राविधिकको ड्रेस कोडमा नरहेको बताइयो । र, उनको हात गोजीमा थियो । त्यसैले सजाय दिनु अवश्यक छ। प्राविधिकले पाएको यो सजाय सामाजिक सञ्जालमा मानिसहरुले जमेर विरोध गरेका छन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..