प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण गर्ने तयारी : ससुराली र घरतर्फका दुईजनाको स्वास्थ्य परीक्षण हुँदै

प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण गर्ने तयारी : ससुराली र घरतर्फका दुईजनाको स्वास्थ्य परीक्षण हुँदै 1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजिसकिएको थाहा भएको छ ।

आजको कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार, नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेपछि सम्भावित दाता खोज्न थालिएको थियो ।

त्यस क्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने एकजना गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ ।

स्रोतका अनुसार ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी छन् भने घरतर्फबाट नाता पर्ने झापाकी युवती ३५ वर्षमुनिकी हुन् । उनीहरूको प्रधानमन्त्री ओलीसँग घनिष्ठ पारिवारिक नाता छ ।

दुवै महिलाबारे विस्तृत विवरण प्राप्त गरे तापनि उनीहरूको व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै परिचय खुलाइएको छैन । कान्तिपुरमा खबर छ ।

Loading...
Diwas Basnet
askdiwas@gmail.com

यो छुट्टाउनु भो कि..