प्रदेशी नेपालीहरु भन्छन : मनमा डर र कमजोर आत्मविश्वासका कारण प्रदेशको बसाइ लम्ब्याइरहेका छौ’

५ बर्षदेखि युएइमा काम गर्दै आएका रामेछापका सुजन तामाङ्गले घर फर्किएर केही गर्ने मनस्थिति बनाएको ४ महिना भयो तर के गर्ने भन्ने बिषय नै निर्धारण हुन नसक्दा उन्को प्रदेशको बसाइ लम्बिरहेको बताउछन । नेपालमा गएर केही गर्ने सोचनुसार नै तमाङ्ग ले ५ बर्षदेखी केही बचत पनि गरे तर यता तलबको लोभ र उता के गर्ने भन्ने दुबिधाले प्रदेशको बसाइ लम्बिरहेको उन्को अनुभव छ ।

स्वदेश फर्केर केही गर्ने सोच बनाएका अन्य धेरै नेपालीहरु पनि तामाङ्गको जस्तै दुबिधाका कारण प्रदेशको रोजगारलाइ निरन्तरता दिन वाध्य बनिरहेको बताउछन ।

लेखक

सीप र दक्षता भएका कतिपय नेपालीहरुलाइ समेत स्वदेशमा गएर के गर्ने भन्ने ठुलो चिन्ता छ । कम्प्युटरमा राम्रो दक्षता भएका पोखराका राजेश तामाङ्ग स्वदेश गएपछी प्रतिस्पर्धा कसरी गर्ने भन्नेमा अलमल्लमा रहेको बताउछन । कम्प्युटरमा बेसिक, एडभान्स, अकाउन्टेन्ट प्याकेज, हार्डवयर, नेटवर्क सम्बन्धी राम्रो दख्खल भएतापनी यसै क्षेत्रमा लगानी गर्दा डुब्ने पो हो कि भन्ने दुबिधा र कमजोर आत्मबिस्वासको कारण बर्षैपिछ्छे बसाइ लम्बिरहेको उन्को ठम्याइ छ ।

त्यसो त स्वदेश रहदा सिप बिना नै प्रदेश आएका नेपालीहरुको भने अलि छुट्टै कथा छ । ५ बर्ष अगाडी युएइको एक किलिनर कम्पनीमा आएका खोटाङ्गका दावा सेर्पा भन्छन :” धेरै पढे-लेखेको छैन, स्वदेशमा पनि हामी जस्तो नपढेकाहरुले के नै गर्न सकिन्छ र बरु यही कम्पनीमा अझै ५,१० बर्ष काम गर्ने सोच बनाएको छु ।”

सेर्पा फरक पात्र भएतापनी राम्रो जागीरको अभाब भएका धेरै नेपालीको भने स्वदेश फर्कने नै योजना छ । ११ बर्ष देखि युएइको एक कन्सट्रक्सन कम्पनीमा काम गर्दै आएका कैलालीका वसन्त थारुले यसै महिना फर्किएर नेपालमा ब्यबसायिक कृषि खेती गर्ने योजना बनाएको बताए । जाने नै योजना तय भएतापनी कृषीबाटै भनेजस्तो गर्न सकिन्छ कि सकिँदैन भन्नेमा नै थारुलाई पनि बलियो आत्मबिस्वास भने छैन । उन्ले भने :” परिवारसगै बसेर उतै केही गरौ भन्ने सोच हो तर याहा यत्रो बर्षको बसाइले दिमाख नै खराब बनाइदिएको छ । मनमा दर्जनौ योजनाहरु आउछन तर कुनचाही गर्ने अनि याहाको जति नै पैसा कमाउन सकिन्छ कि सकिँदैन भन्ने कुराले चिन्ता हुदो रहेछ ।”

कम्पनीमा रिजाइन दिसकेका चौधरीले नेपालमा केही गर्न सकिएन भने फेरि यतै आउने पनि बताए ।

तर कतिपय नेपालीहरुको लोभलाग्दो जागिर कै कारण नेपाल फर्किने योजना नै नभएको पनि सुनाए । युएइ कै एक कम्पनीमा सेफ्टी अफिसरको काम गर्ने कमल खातीको तलब अहिले नै ३ लाख ५० हजार नेपाली छ् । उन्ले आफ्नी श्रीमति र छोरालाइ पनि यतै ल्याएर छोरालाइ महँगो बोर्डिङ्ग स्कुल र श्रीमतीलाइ जागीर खोजिरहेको छन । उनी भन्छन :” घर जाने योजना नै छैन, यही राम्रो छ, घर गएर के गर्नु र ?, फेरि शून्य हुनुपर्छ, यति नै बस्ने ठ्याक्कै योजना नभएतापनी छोरी-छोराको शैक्षिक योग्यताको निर्माण यही युएइमा नै सकेसम्म गर्ने सोच बनाएको छु ।”

धेरै जसो प्रदेशिएका नेपालीहरुको भने स्वदेशमा गएर आत्मनिर्भर बन्नेभन्दा पनि सरकारले नै रोजगार सिर्जना गरिदिओस भन्ने चाहना छ । आफुले बर्षौ लगाएर कमाएको पैसा कुनै ब्यबसाय गर्दा फस्ने पो ही भन्ने दुबिधाले पनि स्वदेश गएपछी ब्यबसायभन्दा पनि रोजगार नै पहिलो रोजाइ बन्ने गरेको प्रदेशी नेपालीहरुको भनाइ छ ।

युएइको एक सेकुरेटी कम्पनीमा काम गर्दै आएका स्याङ्जाका रामचन्द्र अर्याललाइ नेपालमा जागीर मिलेदेखी यहाँ एक दिन पनि बस्न मन नभएको बताउछन । उनी भन्छन :” याहा बस्न पटक्कै मन छैन अनि नेपाल गएर आफुले कमाएको पैसा लगानी गर्ने पनि आट छैन त्यसैले म बाध्य भएर यतै नै बसिरहेको छु ८ बर्ष देखि । त्यसैले नेपालमै यतैबाट कतै जागिरको लागी चिनेजानेकोहरुलाइ भनिरहेको छु । मिल्नासाथ गैहाल्छु !”

स्वदेशमा ब्यबसाय गर्न राम्रो बाताबरण नहुनु, सुरक्षा अबस्था फितलो हुनु, सरकार युवाहरुप्रती उदार नदेखिनु जस्ता बिबिध कारणले पनि स्वदेशमा भएका युवाहरुको समेत प्रदेश जाने सङ्ख्या बढ्दै गएको छ ।

विशाल बस्नेत

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..