सुस्त धड्कन, शूरो मन र अपराध, यसरी बन्छ मानिसको व्यक्तित्व

मानिसको व्यक्तित्व विभिन्न कुरा मिलेर बन्ने गर्दछ । हाम्रो पढाई–लेखाई, खानपान, उठ्ने बस्ने, बोलीचालीको तरिका आदिबाट व्यक्तित्वको निर्माण हुन्छ । यसैको आधारमा हामी कसैका बारेमा राय पनि बनाउने गर्दछौ ।

उदाहरणका रुपमा कुनै मानिस सबैसँग हाँसेर कुरा गर्छ भने हामी यसलाई मिजासिलो भन्छौ । यदि कुनै मानिस आफू वरपर सफा राख्दछ भने हामी त्यस्तालाई निकै मन पराउँछौ ।

तर, यो हाम्रो व्यक्तित्वको गहिरो पाटो हो । वास्तवमा हाम्रो असल भूमिका सबैबाट लुकेको हुन्छ । र, यसको जड हामीमै कतै लुकेको हुन्छ ।

दिमागी स्वास्थ्यको मापन

हालै भएको अध्ययनका अनुसार हाम्रो व्यक्तित्वको सम्बन्ध हर्मोन्स र रोगसँग लड्ने क्षमतासँग हुने गर्दछ । यसैका आधारमा हाम्रो शारीरिक र दिमागी स्वास्थ्यको स्थिति तय हुन्छ ।

यसका साथै हाम्रो व्यक्तित्वको आनुवांशिक आधार पनि हुन्छ । यसको असर हाम्रो व्यवहार र शरीर दुवैमा पर्दछ ।

एक अध्ययनका अनुसार दिमागमा हुने प्रतिक्रियाअनुसार हर्मोन्सले काम गर्दछ र त्यसैका आधारमा हामी हंसमुख, कम बोल्ने वा सवाल जवाफ गर्ने बन्दछौ ।

उदाहरणका लागि जब हामी तनावमा हुन्छौ तब शरीरमा कार्टिसोल हर्मोन उत्पन्न हुन्छ । यो हर्मोनमा गरिएको सुरुवाती अध्ययनको नतिजा फरक फरक पाइएको छ। त्यसै पनि यो अध्ययन मुखबाट निस्कने राललाई आधार बनाएर गरिएको थियो । अध्ययनमा रालमा एकै दिन यो हर्मोनको स्तर घट्ने र बढ्ने गरेको पाइयो । त्यसैले यो अध्ययनलाई निर्णायक मान्न सकिन्न ।

सक्रिय रहनुको असर

सन् २०१७ को अन्त्यमा करिब दुई हजार जनामा करिब तीन महिना अध्ययन गरियो । ती सबै सहभागीको कपाल तीन इञ्चसम्म काटियो । यसमा पाइयो कि यसक्रममा जुन सहभागी कामप्रति जिम्मेवारीको भावना बढी आयो, उनीहरुको कपालमा कार्टिसोल हर्मोनको स्तर निकै तल पाइयो ।

शरीरमा यो हर्मोन घट्नु र बढ्नुको सम्बन्ध खानपान र कसरतसँग पनि हुन्छ । तर यो अध्ययनबाट एउटा कुरा स्पष्ट भये कि काममा सक्रिय मानिसमा तनाव कम हुन्छ । त्यो यसकारण मात्र होइन कि उनीहरुको शरीरमा कार्टिसोल कम जम्मा हुन्छ । बरु, उनीहरुको खानपान र जीवनस्तर निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । यस्ता मानिस तनावलाई आफूमाथि हामी हुन दिँदैनन् । यसबाट उनीहरुको उमेर बढ्छ ।

व्यक्तित्वको अर्को एउटा पक्ष जुन हाम्रो स्वास्थ्यसँग सम्बन्धित हुन्छ, त्यो हो न्युरोटिसिजम जसलाई हामी दिमागी समस्या भन्छौ । यसको सम्बन्ध दिमागको नशासँग हुन् छ।

जुन मानिसमा न्युरोटिसिजमको लक्षण बढी पाइन्छ, उनीहरुलाई रिस चाँडो उठ्छ । यस्ता मानिस जोसुकैसँग चाँडै शत्रुता मोल्छन् । ससाना कुरामा मुड बिगार्छन् । भित्रभित्र जलिरहन्छन् ।

अर्को शब्दमा यस्ता मानिस हरपल आफैसँग संघर्ष गरिरहन्छन् ।यसबाट उनीहरुको स्वास्थ्यमा नराम्रो असर त पर्दछ नै साथमा सामाजिक सम्बन्धहरुमा पनि नराम्रो असर पर्दछ ।

खानपानसँग व्यक्तित्वको सम्बन्ध

व्यक्तित्वको यो पाटोको सम्बन्ध धेरै हदसम्म हाम्रो खानपान र भूँडीमा रहने माइक्रोब्याक्टेरियासँग छ । केही मानिसको खानाखाने बानी नियन्त्रित गर्ने एउटा अध्ययन गरियो, जसको नतिजा २०१७ मा सार्वजनिक गरियो ।

अध्ययनका अनुसार न्युरोसिटिज्म र गेमा प्रोटोब्याक्टेरियाबीच गहिरो सम्बन्ध छ। यो ब्याक्टेरिया पेटमा कयौ प्रकारका जीवाणुहरुबाट जकडिएका हुन्छन् । जुन स्वास्थ्यका लागि निकै खतरनाक छ। यसले विस्तारै विस्तार तर लामो समयसम्म आफ्नो असर पार्दछ ।

यस्तो होइन कि पेटमा मात्र खराब ब्याक्टेरिया जम्मा हुन्छन् । केही ब्याक्टेरिया राम्रा पनि हुन्छन्, जसले हाम्रो पाचनतन्त्र र दिमागका लागि आवश्यक छ।

यो अध्ययनमा कामप्रति जिम्मेवारीको सम्बन्ध पनि पेटमा रहेका जीवाणुहरुका साथ पाइयो । अध्ययनमा संलग्न जुन मानिसको काममा मन कम लाग्थ्यो, उनीहरुको पेटमा राम्रो ब्याक्टेरिया कम पाइएको थियो ।

पल्स रेटसँग जोडिएको हाम्रो सम्बन्ध

न्युरोटिक र कम कर्तव्यनिष्ठ मानिस चाँडै विरामी पर्न थाल्दछन् । यस्तो किन हुन्छ ? यसमा पनि अध्ययन जारी छ।

यद्यपि अहिलेसम्म यो सबै अध्ययन निकै सुरुवाती चरणमा छ। त्यसैले केही पनि स्पष्टसँग भन्न सम्भव छैन ।तर यति अवश्य भन्न सकिन्छ कि व्यक्तित्वका यी पाटाहरुको तार जिन्दगीको सुरुवाती दिनबाट जोडिएका छन् ।

सन् २०१५ मा गरिएको अध्ययन अनुसार १८ देखि २७ महिनाका बच्चाको शरीरको तापमान र आन्द्रामा हुर्कने माइक्रोब्याक्टेरियामा सिधा सम्बन्ध हुन्छ ।

रक्तचापबाट के असर पर्छ ?

यसका साथै ब्लड प्रेसर र पल्स रेटको सम्बन्ध हाम्रो भूमिकाका कयौ पाटाहरुसँग छ। उदाहरणका लागि २०१७ मा ब्रिटेनमा करिब पाँच हजार ज्येष्ठ नागरिकमा अध्ययन गरियो । यो सबै ज्येष्ठ नागरिक ५० वर्ष उमेरका थिए ।

सहभागीहरु जसमा ब्लड प्रेसरको समस्या थियो, उनीहरुमा रिस चाँडो उठ्थ्यो र तनाव पनि रहन्थ्यो । साथै उनीहरु कुनै पनि कुरा गम्भीरताका साथ लिँदैन थिए । यो सबै कारणबाट उनीहरुको स्वास्थ्यमा असर परेको थियो ।

धड्कनसँग व्यक्तित्वको नाता

एक मिनेटमा ६० देखि १०० पटक मुटुको धड्कन स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर राम्रो व्यक्तित्वाका लागि धड्कनको यो दर राम्रो होइन ।

धेरै अध्ययनमा पाइएको छ कि धड्कनको सुस्त गतिले हाम्रो सोचमा गहिरो असर पार्दछ । यसबाट व्यक्तित्वमा नेगेटिभिटी आउन थाल्दछ । साथै मानिसलाई अपराधप्रति रुझान बढ्न लाग्दछ । र, मानिस निडर हुन्छ ।

कतिपयमा त अपराधको गति यति तिब्रताका साथ बढ्छ कि उनीहरु लडाई झगडा गरेर मात्र शान्त हुन्छन् । यद्यपि अध्ययन अझै जारी छ र कुनै पनि अध्ययनको अन्तिम नतिजा आएको छैन । तैपनि अहिलेसम्मको नतिजाअनुसार यसलाई धेरै हदसम्म सही पाइएको छ।

अलग अलग व्यक्तित्व

हरेक मानिस एकअर्कासँग फरक छन् । राम्रो र नराम्रो बानी सबैमा हुन्छ । सबैमा कुनै न कुनै कमी अवश्य छ ।

विज्ञानले हामीलाई मानिसलाई बुझ्नका लागि निकै सहयोगको हात बढाउँछ । तर विज्ञानको आँखाबाट मात्र मानिसलाई गहिराईसम्म बुझ्न सकिन्न ।

हुन सक्छ, नयाँ प्रविधिको साहरामा आगामी दिनमा यो सावित होस, तर अहिलेका लागि त अलग अलग व्यक्तित्वका मानिस नै संसारको सुन्दरता बढाइरहेका छन् । र, शायद यही मानिसको खुबी र सुन्दरता हो । बीबीसी हिन्दीबाट भावानुवाद ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..