भक्तपुर-१ (क) मा कांग्रेसले कब्जा गर्‍यो नेकपाको सीट

भक्तपुर । भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेसको जितेको छ। यो क्षेत्र कांग्रेसले सत्तारूढ नेकपाबाट खोसेको हो।

अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन्। उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल ले ११ हजार २ सय ६ मत ल्याएका छन्।

तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसानका पार्टी उम्मेवार निरज लवजूले ५ हजार २९ मत पाएका छन्।

भक्तपुरमा कांग्रेस-राप्रपा (संयुक्त) मिलेर चुनाव लडेका थिए। २०७४ मा भएको प्रदेश सभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय८९ मत ल्याएर विजयी भएका थिए।

कांग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याएका थिए।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..