तपाईलाई थाहा छ ? मानिसहरु किन रुन्छन्, आँशु किन आउँछ, पुरुषभन्दा महिला किन बढी रुन्छन् ? यस्तो छ कारण

के तपाईलाई थाहा छ तपाई किन रुनु हुन्छ ? कम रुनु हुन्छ वा बढी रुनु हुन्छ ? केही मानिस कसैले केही भनेका कारण रुन्छन्, त केही मानिस चलचित्र हेदाए पनि आँशु बगाउने गर्दछन् ।

सबैको रुनुको कारण फरक फरक हुन्छ । त्यसो भए तपाई कुन श्रेणीमा पर्नु हुन्छ त ? आखिर तपाईको आँखामा आँशु किन आउँछ ?

धेरै चलचित्र हुन्छन् जुन मानिसलाई रुवाउनकै लागि बनेका हुन्छन् । केभिन कोस्टनरको चलचित्र ‘फिल्ड अफ ड्रिम्स’, जसमा बेसबल खेलाडीलाई स्वर्गबाट फिर्ता ल्याउनका लागि केभिन कोस्टनर आफ्नो मकैको खेतको बिचमा बेसबल पिच बनाउँछन । तर त्यहाँ उनको आफ्नो पितासँग भेट हुन्छ, त्यो पनि जवानीका दिनमा ।

धेरै मानिस यो चलचित्र हेरेर रुन्छन् । म हलिउड फिल्म ‘द फोर्स अभेकेन्स’ हेर्नका लागि आफ्नो छोरीका साथ गएको थिएँ । पूरा चलचित्रमा आफ्नो दश वर्षकी छोरीको हात समातेर रोइरहेँ ।

त्यसो त आमरुपमा पुरुष रुनुलाई खराब मानिन्छ । तर धेरै यस्ता मानिस हुन्छन् जो धेरै रुन्छन् । आफै रोएको देखेर मैले रुनुको कारण खोज्न सुरु गरेँ ।

पहिलो प्रश्न त यो कि यदि पुरुष कम रुन्छन् भने यसको कारण के होला ? रुनुबाट के फाइदा हुन्छ ? र, सबैभन्दा ठुलो प्रश्न यो कि आखिर मानिस रुन्छन् किन ?

त्यसो त सबै अनुभवले यो सावित गरेको छ कि पुरुषको तुलनामा महिला बढी रुन्छन् । मनोवैज्ञानिक विलियम फ्रेको १९८२ को अध्ययन अनुसार महिलाहरु औषतः महिनामा पाँच पटकभन्दा बढी रुन्छन् । यही उनीहरुको तुलनामा महिलाको तुलनामा पुरुषको रुने दर डेढ पटक पनि छैन । जब कुनै महिला रुन्छन् तबत औषतः पाँचदेखि ६ मिनेट रुन्छन् । उनीहरुको तुलनामा पुरुष रुनमा मात्र तीन मिनेट मात्र खर्च गर्दछन् ।

होल्याण्डका मनोवैज्ञानिक एड विन्गरहोएट्सले रुवाईमा अध्ययन गरे । उनका अनुसार महिला र पुरुषबीच रुनुमा यो फरक बाल्यकालबाट आउँछ । जब बच्चा जन्मन्छ तब छोरा वा छोरी दुवै बराबर नै रुन्छन् । नवजात बच्चा यसकारण रुन्छन् ताकि आमाबाबुको ध्यान आफूतिर खिच्न सकियोस् । त्यसो त हामी तपाईलाई यहाँ कुनै नयाँ कुरा बताइरहेका छैनौ ।

त्यो भए ठुलो भएपछि महिला र पुरुषको रुवाईमा किन फरक आउँछ । यसमा अलग अलग समाजको माहौलको पनि असर पर्दछ । जहाँ रुनुलाई नराम्रो मानिँदैन, त्यस्ता देशमा मानिस खुब रुन्छन् । यस्तै जहाँ रुनुलाई नराम्रो मानिन्छ त्यहाँ मानिसहरु कम रुन्छन्।

विन्गरहोएट्सको अध्ययनमा एउटा रोचक कुरा बाहिर आएको छ, त्यो यो हो कि धनी मुलुकमा मानिसहरु बढी रुन्छन् ।

यद्यपि विन्गरहोएट्स यो मान्दछन् कि समाजका साथसाथै टेस्टोस्टेरोन नामको हर्मोनको पनि हाम्रो रुवाईमा गहिरो सम्बन्ध छ । उनका अनुसार प्रोस्टेट क्यान्सरका शिकार मानिसलाई उपचारका क्रममा जुन औषधि दिइन्छ, त्यसका टेस्टोस्टेरोन कम निस्कन्छ । यही कारणबाट प्रोस्टेट क्यान्सरका विरामी बढी रुन्छन् ।

अझ तपाई यसो पनि भन्न सक्नु हुन्छ कि उनीहरु यसकारण बढी रुन्छन्, किनभने उनीहरुलाई क्यान्सर भएको छ ।

तर, यो प्रश्न त्यही हो, हामी किन रुन्छौ ? त्यसो भए जवाफ यो हो कि हामीलाई थाहा छैन ।

समस्त जीवहरुमा मानिस नै यस्तो छ, जो इमोशनल भएर रुन्छ । पहिला भनिन्थ्यो कि हाती पनि रुन्छ ।तर अहिलेसम्म यसको कुनै ठोस प्रमाण खोजिएको छैन । हामीलाई थाहा छैन कि हामी पीडामा पनि रुन्छौ र कतिपय अवस्थामा खुसीमा पनि हाम्रो आँखाबाट आँशु निस्कन्छ ।
केही मानिस भन्छन् कि मानिस सामाजिक प्राणी हो, त्यसैले कतिपय अवस्थामा उ रोएर अनुभूति बयान गर्दछ । तर यसको पनि कुनै ठोस प्रमाण छैन ।

शायद आवश्यकताभन्दा बढी इमोशनल भएपछि मानिस रुन लाग्दछ । विन्गरहोएट्सले आफ्नो अनुभवा आधारमा मानिसहरु रोएपछि हल्का अनुभूति गर्ने गरेको बताएका छन् । २०१५ मा उनले केही मानिससँग केही विशेष चलचित्र हेर्न भने ।

चलचित्र हेर्नुअघि उनीहरुको मुड सोधियो । फेरि चलचित्र हेरेपछि उनीहरुको अनुभूति बताउन भनियो । यसमध्ये एउटा निकै नै इमोशनल चलचित्र थियो भने अर्को हाँस्य चलचित्र । चलचित्र हरेको बीस मिनेटपछि चलचित्र हेर्नेहरुलाई एउटा फर्म भर्न लगाइयो । यही फर्म उनीहरुलाई दुई घण्टापछि पनि भर्न भनियो ।

यो अनुभवको नतिजा एकदम स्पष्ट थियो । जुन मानिस चलचित्र हेर्ने क्रममा रोए, उनीहरुको दिमागी अवस्थामा केही फरक देखिएन । यही रुनेहरुको फर्ममा बीस मिनेटपछि र दुई घण्टापछिको अवस्थामा निकै परिवर्तन देखियो । उनीहरु रोएपछि आफूलाई हल्का महशुस गरिरहेका थिए ।

कुल मिलाएर, रुनुको रहस्य अहिले पनि रहस्य नै छ। यसमा अहिले थप अध्ययन आवश्यक छ । शायद तब हामीले रुनुको कारण थाहा हुन सक्नेछ । त्यतिबेलासम्म मनभरि रुनुस् । यसपछि तपाई आफूलाई निकै हल्का महशुस गर्नुहुनेछ । एडम रदरफोर्ड/बीबीसी हिन्दीबाट भावानुवाद

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..