यौन सम्पर्कका क्रममा पीडा हुने कुरा, कति भ्रम कति सत्य ?

यो संसारभरका युवा अवस्थाबाट गुज्रिरहेका युवतीहरुको वास्तविकता हो । चाहे त्यो भारतका ग्रामीण क्षेत्रमा बस्ने युवती हुन् वा लण्डनको आधुनिकतम क्षेत्रमा बस्ने युवती हुन् ।

भिन्नभिन्न पृष्ठभूमिबाट आए पनि यी सबैबीच एउटा कुरा समान हुन्छ । युवावस्थामा प्रवेश गर्ने क्रममा यी युवतीहरुमा यौन सम्बन्धमा यो धारणा बन्न थाल्दछ कि सेक्सका क्रममा पीडा हुने गर्दछ । यो कुरा त यौन शिक्षासँग बुझ्न सकिन्छ र जहाँ यस्तो शिक्षाको व्यवस्था छैन, त्यहाँ छरछिमेकमा रहेका दिदी, भाउजु र आमाको माध्यमबाट ।

यौन सम्पर्कका क्रममा रगत निस्कन्छ । यो डर पनि मनमा रहन्थ्यो कि सेक्सुअल ट्रान्समिशन इन्फेक्शनको सामना पनि गर्नुपर्ने हुन सक्छ। यति मात्र होइन, गर्भवती भएपछि युवतीहरुले प्रशव पीडा पनि झेल्नु पर्ने हुन्छ ।

यद्यपि प्रसवका क्रममा कयौ युवतीहरुको भिडियो हामीले देखेका छौ, जसमा उनीहरु विल्कुल चिच्याइरहेका हुँदैनन् । तर यो सबैका विषयमा आशंकाहरु कम हुँदैन ।

अर्कातिर युवकका साथ सेक्सका विषयमा यस्ता कुरा हुँदैनन् । उनीहरु उत्तेजना र अर्गेज्मको कुरा गर्दछन् । यही युवतीहरुको मनमा यौन सम्बन्धका विषयमा अनेक प्रकारका भ्रम र त्रासले बास गरेको हुन्छ ।

यही कारण यौन सम्बन्ध एउटा पक्षका लागि आशंकित गर्ने विषय हुन्छ । महिलाहरु यो कुरा मानिरहेका हुन्छन् कि पीडा त सहनु नै छ । यस्तो होइन कि यो पीडाको डर उनीहरुलाई केवल पहिलो यौन सम्पर्कमा मात्र हुन्छ ।

२४ वर्षीया जेस भन्छिन्, उनलाई थाहा थिएन कि सेक्समा पीडा र उदासीबाट कसरी बच्न सकिन्छ । उनले भनिन्–मैले सेक्सका बारेमा जे सुनेकी थिएँ, त्यसबाट निकै तनावमा थिएँ । म निकै सतर्क थिएँ । म अर्जेजमका विषयमा अनेक भ्रमहरुबाट ग्रस्त थिएँ । मलाई जे भनिएको थियो त्यसबाट यौन सम्पर्कका क्रममा पनि मुक्त हुन सकेकी थिइनँ । मलाई भनिएको थियो कि यौन सम्पर्कका क्रममा पीडा हुन सक्दछ र मैले यसलाई नचाहँदा पनि स्वीकार गर्नु परेको थियो ।

उनले भनिन्–मैले एउटा सतर्क र शिष्ट पार्टनर चुने । यसका साथै मैले शारीरिक सम्बन्धका विषयमा स्वयमलाई कयौ कुराको जाँच गरेँ । यदि तपाईको पार्टनर ठिक छ भने पीडाजस्ता कुरा विल्कुल झुट हुन्छ ।

हनाह विटन युट्युब च्यानलमा सेक्ससँग सम्बन्धित सबै कुरामा छलफल गर्छिन् । यौन सम्बन्धमा पीडाका विषयमा उनको भनाइ छ–कयौ महिलाहरुलाई सेक्सका क्रममा पीडाको सामना गर्नु यसकारण गर्नु पर्दछ कि सेक्समा पीडा निहित छ, बरु यस्तो यसकारण किनभने हामीलाई थाहा छ कि राम्रो यौन सम्बन्ध कसरी बनाउने हो ।

स्पष्ट छ, सेक्समा कयौ स्थितिहरु पीडादायी हुन्छन् । यदि शारीरिक सम्बन्धका क्रममा तपाईले पीडाको सामना गर्नु पर्छ तब यो गम्भीर समस्या हो । रोयल कलेज आफ आब्स्टिट्रिशन एन्ड गाइनकोलजिस्ट (आसीओजी)का प्रवक्ता स्वाती झा भन्छिन्–योनीमा पीडा दरार र एसटीआईका कारण हुन सक्दछ । कयौपटक लेटेक्स कन्डम र साबुनका कारण पनि जलन हुन्छ ।

स्वाति झाका अनुसार पीडा छ भने सेक्शुअल हेल्थ क्लिनिकमा सम्पर्क गर्न सकिन्छ ।

यता युनिभर्सिटी अफ ग्लास्गोका सिनियर रिसर्च फेलो डाक्टर कृस्टिन मिशेलका अनुसार सेक्समा दुखाइको सम्बन्ध पूर्णरुपमा मनोवैज्ञानिक र सामाजिक कारणबाट हुन्छ । कृस्टिनले २०१७ मा एउटा अध्ययन गरेकी थिइन्, त्यसमा उनले बेलायतमा १६ देखि २४ वर्ष उमेर समूहका युवतीहरुमध्ये १० प्रतिशत युवतीहरुलाई सेक्समा पीडा सहनु परेको पाइन् ।

उनले भनिन्–यदि एउटी योङ्ग महिलाजस्तो सेक्स गर्न चाहन्छिन्, त्यस्तै गर्न सक्छिन् वा इच्छाबिना गर्छिन वा खुलेर कुरा गर्न सक्दिनन् कि उनी कति इन्जोय गरिरहेकी छन् । तब यस्तो स्थितिमा सेक्स पीडादायी हुन्छ । महिलाहरुमा एक प्रकारको पूर्वाहग्रह हुन्छ कि उनलाई सेक्समा इन्जोयका अधिकार बराबरी छैन वा कम छ । कयौ महिलाहरु त यसलाई यो रुपमा स्वीकार गर्दछन् कि नी महिला हुन् त्यसैले सेक्समा पीडा त सहनु नै छ।

अमेरिकामा एउटा अध्ययन गरियो र यो अध्ययनकी रिसर्चर सारा मैकल्याण्डले महिलाहरु र पुरुषसँग सोधेकी थिइन् कि उनका लागि सेक्समा कम सन्तुष्टिको मतलब के हो ? यो सवालमा पुरुषहरुको जवाफ थियो–पार्टनरको उदासिनता र महिलाहरुको उत्तर थियो पीडा ।

किम लोलियाले पनि यस्तै अनुभवको सामना गर्नु परेको थियो । अब उनी महिलाहरुका बिच यो डर र समस्या अन्त्य गर्ने विषयमा काम गरिरहेकी छन् ।

लोलिया लण्डनस्थित सेक्स एजुकेशन सर्भिसकी संस्थापक हुन् । यसका साथै उनी एउटा अनलाइन म्यागाजिन पनि चलाउँछिन् । उनका अनुसार असहज पार्ने सेक्स जरुरी छैन कि त्यो शारीरिक समस्यासँगै होस ।सम्भव छ कि त्यो चुप रहेका कारण पनि हुन सक्छ ।

किम भन्छिन्–जब महिलाहरु पीडा महशुस गर्दछन् तब उनीहरु चुपचाप सहेर बस्छन् । उनीहरु बोल्दैनन् । जब उनीहरुलाई पीडा हुन्छ तब लाग्दछ कि यसमै कुनै समस्या छ । उनीहरु डराइरहन्छन् कि कतै यो थाहा पाएर उनीहरुका पार्टनरलाई नराम्रो लागोस्। यौन सम्पर्कका क्रममा केही परम्परागत, क्रमशः र एकअर्कालाई सुन्ने र महशुस गर्ने लायक बनाउनु जरुरी छ। जमा अस्कम, बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..