उडिरहेको विमानमै अपरिचित व्यक्तिसँग महिला आपत्तिजनक अवस्थामा फेला परेपछि..यस्तो सजाय दिइयो

गैटविक एयरपोर्टबाट उडान भरेको भर्जिन एटलान्टिक विमानका क्रुले एउटा विचित्र स्थितिको सामना गर्नु परेको छ। जब विमानमा सवारी एक महिला र पुरुष बाथरुममा सेक्स गर्दै भेटिए तब क्रु सदस्य स्तब्ध भए ।

आश्चर्यको कुरा ती महिला र पुरुष चढ्नु अघिसम्म एकअर्कासँग परिचित समेत थिएनन् । भर्जिन एटलान्टिकका अनुसार अब महिलालाई सबैका लागि विमानमा यात्रा गर्न रोक लगाइएको छ।

१३ मार्चका दिन यो विमान गैटविक विमानस्थलबाट मेक्सिकोको कैनकन विमानस्थलका लागि उठेको थियो । यो फ्लाइट ११ घण्टा लामो थियो । विमान क्रु सदस्यका अनुसार महिलाले पहिला अपरिचित पुरुषलाई चुम्बन गरिन् र दुवै जना इकोनमी क्लासको बाथरुम गए । केहीबेरमै विमानमा रहेका स्टाफले बाथरुमको ढोका ढकढकाउन सुरु गरे र जब ढोका खुल्यो तब दुवै जना आपत्तिजनक अवस्थामा पाइए ।

नजिकै बसेका एक जना यात्रुले ‘द सन’ भने–महिला दिउँसो १२.३० बजे विमानमा मदिरा सेवन गरेर धुन अवस्थामा चढेकी थिइन् । उनी निकै फ्रेन्डली थिइन् ।उनले मसँग र मेरा साथीसँग पहिला कुरा गर्ने कोशिस गरिन् । यसपछि महिला विमानमै यात्रा गरिरहेका एक जना व्यक्तिसँग कुरा गरिन् र केहीबेरमा उनीहरु किस गर्न थाले । केहीबेर मै महिला ट्वाइलेट गइन् र उक्त व्यक्ति पनि उसको पछाडि पछाडि गए ।

विमानमा यात्रा गरिरहेका अन्य यात्रीका अनुसार–सबैलाई थाहा थियो कि के भइरहेको छ, किनभने उनीहरु निकै आवाज निकालिरहेका थिए ।

एउटा भिडियो फुटेज हेर्दा थाहा हुन्छ कि बाथरुमबाट पहिला उक्त अपरिचित व्यक्ति निस्कन्छ र भन्छ महिला विरामी छिन् । तर विमानका स्टाफले उक्त व्यक्तिको कुरा काट्दै सोधे कि जब उनीहरु एकअर्कालाई चिन्दासमेत चिन्दैनन् तब एक साथ बाथरुममा के गरिरहेका थिए ? जब क्रुले दुवै जनालाई फरक फरक सिटमा बसाउन सफल भए तब विमानमा रहेका यात्रुहरुले ताली बजाए । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..