रुसको नेतृत्व आगामी ६ वर्षका लागि वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले नै गर्ने भएका छन् । रुसको राष्ट्रपति निर्वाचनमा पुटिन निकै फराकिलो जिततर्फ अघि बढिरहेका छन्।
अधिकांश मत गनिसकिएको छ । केन्द्रीय चुनाव आयोगका अनुसार पुटिनले ७६ प्रतिशत मत प्राप्त गरिसकेका छन् । यो निर्वाचनमा मुख्य विपक्षी नेता अलेक्सई नभालनीलाई प्रतिबन्धित गरिएको थियो ।
सुरुवाती नतिजाको घोषणापछि मस्कोमा एउटा सभालाई सम्बोधन गर्दै पुटिनले मतदाताहरुलाई विगत केही वर्षको कामलाई जनताले अनुमोदन गरेको बताएका छन् ।
पत्रकारहरुको सोधेका थिए कि के उनी आगामी ६ वर्षका लागि पुनः चुनाव लड्ने छन तब पुटिनले हाँस्दै उत्तर दिए–तपाईहरु के ठट्टा गरिरहनु भएाके छ । के तपाई यस्तो सोच्नु हुन्छ कि म १०० वर्षको हुँदासम्म यहाँ रहनेछु ? होइन, यस्तो हुनेछैन ।
पुटिनको जित जति ठुलो छ, यसका विषयमा कुनै शंका थिएन । सन् २०१२ को चुनावको तुलनामा उनको भोट बढेको छ। २०१२ मा उनले ६४ प्रतिशत मत पाएका थिए।
केन्द्रीय चुनाव आयोगका अनुसार पुटिनको निकटतम प्रतिद्वन्द्वी पाभेल गुरुदिनीनले मात्र १२ प्रतिशत मत पाएका छन् । पाभेल करोडपति कम्युनिष्ट हुन् । राष्ट्रपति निर्वाचनको दौडमा एक पूर्व टेलिभिजन होस्ट कसेनिया सोबचक पनि सामेल थिए, जसले मात्र दुई प्रतिशत मत पाएका छन् ।
एक्जिट पोलका अनुसार मतदान प्रतिशत ६० भन्दा बढी थियो । पुटिनको चुनाव अभियानमा आशा गरिएको थियो कि मतदाताले जमेर मतदान गर्ने छन् । पुटिनको चुनाव अभियानले यो जितलाई अतुलनीय भनेको छ ।
रशा इन्टरफ्याक्ससँग कुरा गर्दै एक प्रवक्ताले भनेका छन् कि यो जनादेशबाट पुटिनलाई भविष्यमा निर्णय लिन सहयोग पुग्नेछ । कयौ मतदान केन्द्रमा अनियमितताको भिडियो पनि सार्वजनिक भएका छन् । मुख्य विपक्षी नेता अलेक्सईलाई एउटा मुद्दामा दोषी ठहर गर्दै चुनावमा भाग लिन रोक लगाइएको थियो । अलेक्सईका अनुसार उनलाई जानाजान चुनावमा भाग लिन रोक्नका लागि फसाइएको हो । एजेन्सी