चल्ला बन्नु र प्लेटमा सजिनुबाहेक अण्डाले यस्ता काम पनि गर्छ

चल्ला बन्ने वा तपाईको ब्रेकफास्टको प्लेटमा सजिनुका सार्थ अण्डाले अरु कयौ कुरा पनि गर्न सक्दछ । शायद तपाईलाई यो थाहा पाएर मजा आउनेछ कि यो पाँच कुरा पनि गर्न सक्दछ अण्डा । तपाई पनि हेर्नुस तस्वीरमा र पढ्नुस् ।

रेकर्ड तोड्न सक्छ अन्डा

जर्मनीको भोल्फेनबुटेल गाउँमा एउटा कुखुराले २०९ ग्रामको अण्डा दियो । सामान्यअण्डाको तुलनामा यो अण्डा तीन गुना ठुलो हो । यसप्रकारको अण्डाको हिस्सा अरु पनि कयौ रेकर्ड छ । पोर्चुगलमा एउटा पार्टीमा एक लाख ६० हजार अण्डाको होली खेलिएको थियो । एक जना व्यक्तिले आफ्नो हातमा २७ अण्डा राखेर रेकर्ड बनाएका छन् ।

डराउन सक्छ अण्डाले

अल्फ्रेड हिचकाक आफ्नो सिनेमा र त्यसको समझका बारेमा चर्चित छन् । तर उनी एउटा यस्तो कुरासँग डराउँथे जसबाट डराउनुको कुनै अर्थ थिएन । त्यो चिज हो अण्डा । उनलाई ओभोफोयिबा थियो । उनले आफ्नो पूरा जवनमा एउटा पनि अण्डा खाएनन् ।

खुब आम्दानी गर्न सक्छ अण्डाले

फैबैर्ज अण्डा संसारको सबैभन्दा महंगो अण्डा हो । एकपटक रुसी आभुषण निर्माता पिटर कार्ल फैबैर्जले एउटा कार्यशालाका क्रममा केही अण्डा बनाएका थिए ।अलग अलग आकारका ती अण्डामध्ये केहीको मूल्य त लाखौ डलरसम्मको थियो ।

भविष्य बताउन सक्छ

जादुको कारनामा पनि सताब्दियौदेखि अण्डा प्रयोग गरेर हुँदै आएको छ। प्राचीन रोमको जमानादेखि अहिलेसम्म पनि अण्डाको माध्यमबाट भविष्य बताउने गरिन्छ । केही मानिस अण्डालाई पानीमा मिलाएर भविष्य हेर्ने गर्दछन् र केही मानिस यसका लागि अण्डाको बोक्रा पनि प्रयोग गर्दछन्।

भाइरल पनि हुन सक्छ अण्डा

युट्युबका आफ्नो एउटा भिडियोमा युट्युबर इमराह भन्छन् कि अण्डालाई मात्र केही सेकेन्डमा कसरी बोक्रा फ्याँक्ने । उनी अन्डालाई पानीले भरिएको एउटा ग्लासमा राख्छन् र फेरि त्यसलाई छिटछिटो हल्लाउँछन् र सजिलैसँग त्यसको बोक्रा उतार्छन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..