यौन सम्पर्कका बारेमा तनावमा हुनुहुन्छ, यो चार कुरा थाहा पाइराख्नुस्

सेक्सका बारेमा पनि शारीरिक सम्पर्कका क्रममा पीडा हुने एउटा कारण हुन सक्दछ । एउटा नयाँ शोधका अनुसार हरेक दशमध्ये एक जना महिलाले शारीरिक सम्पर्कका क्रममा पीडा हुने गरेको अनुभव सुनाउने गरेका छन् ।

रोयल कलेज अफ आब्सटेट्रीयन्स एण्ड गायनोकोलोजस्ट्सका एडी मोरिस भन्छन्–यो तपाईको जीवनमा महत्वपूर्ण सुधार गर्ने समय हो ।
उनले बीबीसी न्युजबीटसँग भने–यो चिन्ता र घवराहट बढेका कारण हुन सक्दछ।

१६ देखि २४ वर्षका ती युवतीहरु जसले पहिलोपटक यौन सम्पर्कको अनुभव लिन गइरहेका छन्, उनीहरुलाई मोसिरले यस्तो सुझाव दिए–

१. कुरा गर्नुस्

यौन सम्पर्क पीडादायक हुन सक्दछ, यदि दुवै पार्टनरमा सेक्सका विषयमा आलग अलग आशा छ, रुची र अरुची अलग अलग छ भने ।
एडी मोरिस भन्छन् कि आफ्नो पार्टनरका साथ भावनात्मक लगाव महत्वपूर्ण छ, किनभने तपाई सबै विषयमा कुरा गर्न सक्नु हुन्छ ।

‘खुलापन, सेक्सका बारेमा कुराकानी, पूरा समय लिनु र निकटताका साथ एन्जोय गर्नु सहयोगीसिद्ध हुन सक्दछ ।’

२. निरोधका बारेमा छलफल

यौन संक्रामक रोग वा गर्भवती हुने कुराको चिन्ता पहिलोपटक सेक्स गर्ने विषयमा तपाई चिन्तित हुन सक्नु हुन्छ । र, मात्र युवतीहरु होइन, यो कुरामा समस्यामा हुँदैनन् ।

एडीले सुझाव दिँदै भनेका छन् कि यसबारेमा पनि कुरा गर्नुस कि दुवैका लागि के सबैभन्दा उत्तम छ। ‘जुन कन्ट्रासेप्शन तपाई दुवै जना प्रयोग गर्न गइरहनु भएको छ, त्यस विषयमा आश्वस्त हुनुस् र कन्डोमको प्रयोग गर्नुस् । भन्न सजिलो छ तैपनि तपाई रिल्याक्स भएर शारीरिक सम्बन्धमा बढी एन्जोय गर्न सक्नु हुनेछ ।’

चिन्ताबाट बच्नुस्

‘यदि पीडादायक सेक्स मात्र एक वा दुईपटक हुन्छ भने यो कुनै चिन्ताको कुरा होइन, विशेषगरी यदि अनुभव भइरहेको छ भने ।’

मेडिकल सुझाव लिनुस्

‘यदि यौन सम्पर्कका क्रममा पीडा कायमै रहेको अवस्थामा मेडिकल परामर्श लिनु महत्वपूर्ण हुनेछ । ताकि तपाई सुनिश्चित हुन सक्नुहुनेछ कितै पीडाको कारण कुनै अरु नै त होइन।’ बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..