थाहा पाइराख्नुस्, यस्ता कारणले दुब्लापातालालाई पनि मुटुरोग हुन सक्छ

चुरोट सेवन गर्ने दुब्ला पाताला मानिसलाई मुटुसम्बन्धी रोगको खतरा सबैभन्दा बढी रहन्छ ।एउटा विस्तृत अध्ययनमा तौल र स्वास्थ्यसँग सम्बन्धित जानकारीको खुलासा भएको हो ।

समान्यतः यस्तो भनिन्छ कि यदि कुनै व्यक्ति दुब्लो पातलो छ भने उ रोगहरुबाट टाढा रहन्छ ।तर साइन्स पत्रिका, युरोपियन हर्ट जर्नलमा प्रकाशित एउटा शोधले यो कुरालाई गलत सावित गरेको छ। अध्ययनमा भनिएको छ कि जुन व्यक्तिको बडी मास इन्डेक्स १८.५ भन्दा कम हुन्छ र चुरोट सेवन गर्दछन् उनीहरुमा मुटुसँग सम्बन्धित रोगको खतरा धेरै हुन् छ। तर यदि बीएमआई २२ देखि २३ को बिचमा छ भने मुटुरोगको आशंका सबैभन्दा कम हुन्छ ।

बडी मास इन्डेक्स, व्यक्तिको लम्बाई र तौलको बिचको अनुपात हो, जसको प्रयोग मानिसको राम्रो स्वास्थ्य पत्ता लगाउनका लागि गरिन्छ । बेलायतमा सन् २००६ देखि २०१० को बिचमा यो अध्ययनका लागि ४० देखि ६९ वर्ष उमेर समूहका करिब २ लाख ९६ हजार मानिसलाई सहभागी गराइएको थियो । उनीहरु सबै जना त्यतिबेला स्वस्थ थिए, जब उनीहरुलाई अध्ययनमा समावेश गराइएको थियो । त्यसपछि उनीहरुको मुटुसँग सम्बन्धित रोगमा ध्यान दिइयो । यसबाट हृदयघातदेखि उच्च रक्तचापजस्ता सबस्या समावेश थिए ।

विश्व स्वास्थ्य संगठनको मानकअनुसार १८.५ देखि २५ ससम्मको बीएमआईलाई स्वस्थ, २५ देखि ३० लाई अधिक तौल र ३० बीएमआई हुनु मोटोपनको श्रेणीमा आउनु हो । अध्ययनका अनुसार २२ देखि २३ बीएमआईपछि मानिसहरुमा रोगको जोखिम बढ्दछ । तर यो जोखिम पनि त्यस्ता मानिसलाई बढी हुन्छ जसको कम्मर वरपर बोसो अधिक मात्रामा जम्मा भएको हुन्छ ।

शोधकर्ताहरुका अनुसार २२ बीएमआईपछि मानिसमा मुटुसँग सम्बन्धित रोगको जोखिम १३ प्रतिशतसम्म बढ्दछ । यद्यपि शोधकर्ताहरुले यसो पनि भनेका छन् कि यदि कुनै रोग छ भने यसको प्रभाव पनि अलग ढंगले पर्ने गर्दछ । तर एउटा आम व्यक्तिमा बीएमआईको स्तर २२ देखि २३ सम्म रहनु रोगलाई निम्ता दिनु होइन। साथै कम्मर वरपर अधिक बोसो यदि कम रहन्छ भने मानिस मुटुरोगबाट पनि बढी नै टाढा रहन सक्दछ ।

यो अध्ययनमा शोधकर्ताहरुले पोटोपनलाई पाँच तरिकाले मापन गरे । पहिलो तरिका हो–बडी मास इन्डेक्स । दोस्रो कम्मरको आकार र तेस्रो कम्मरबाट नितम्बको अनुपात, चौथो कम्मदेखि लम्बाईको अनुपात र पाँचौ शरीरमा जम्मा भएको बोसोको प्रतिशत । एएफपी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..