यस्ता खानेकुराले पुरुषले पुरुषत्व बढाउन सक्छन्

हरेक पुरुषमा टेस्टोस्टेरोन हर्मोन्स हुन्छ । यसलाई पुरुष हर्मोन्स पनि भन्ने गरिन्छ ।

टेस्टोस्टेरोन हर्मोन्स युवा अवस्थामा बढी बन्ने गर्दछ । ३० वर्षको उमेरपछि शरीरमा यसको लेबल विस्तारै विस्तारै कम हुन लाग्दछ ।

तर यदि केही घरेलु उपाय अपनाउने हो भने यसको लेबललाई बढाउन पनि सकिन्छ । जर्नल अफ हर्मोन्स एन्ड विहेवियरको अध्ययन अनुसार शरीरमा यसको लेबल कम हुँदा कयौ स्वास्थ्य समस्या जस्तै मुटुरोग, मधुमेह वा हड्डी कमजोर हुनुजस्ता समस्या देखिन थाल्दछ ।

तर यदि हामीले हाम्रो खापानमा केही विशेष कुरालाई दैनिक रुपमा समावेश गर्ने हो भने यसको लेबल बढाउन पनि सकिन्छ । त्यसका लागि यस्ता कुराहरुको प्रयोग गर्न सकिन्छ :

टेस्टोस्टेरोन बढाउनका लागि हरेक दिन खानामा लसुन, प्याज र हरियो खुसार्न खान सकिन्छ । त्यसैगरी फलफूल र हरियो ताजा तरकारीजन्य वस्तुको सेवनबाट पनि टेस्टोस्टेरोनको लेबल बढाउन सकिन्छ ।

त्यसैगरी दुध पिउँदा भिटामिन बी प्राप्त हुन्छ जसले टेस्टोस्टेरोन वृद्धि गराउँछ । साथै अण्डा खाँदा पनि यसको लेबल बढ्ने गर्दछ ।

साथै साथै मासु, पालक, अंगुर, अनारको रसलगायतका फलफूलले पुरुषको टेस्टोस्टेरोन बढाउन सहयोग पुग्दने गर्दछ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..