अस्ट्रेलियामा हुने भलिबल टिमको प्रशिक्षण अन्तिम चरणमा

Nepalese recreation club Australia को आयोजनामा ईस्टर बिदामा हुन गैरहेको inter state sports प्रतियोगिता मध्ये साऊथ अष्ट्रेलियाबाट भाग लिन भलिबल टिमको तयारी र प्रशिक्षण लगभग अन्तिम चरणमा पुगेको छ।

State representatives सन्तोष अधिकारी र सुपक अधिकारीको पहलमा ईच्छुक खेलाडीहरु समाबेश गराई अडेलेडको साल्सवरीमा बिगत ४ महिनादेखि भलिबल खेलको नियमित अभ्यास भैरहेको छ।

ONSM भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडि छनौटका लागि गत फेब्रुवरी महिनाको १७ तारिक एकदिने छनौट खेल समेत आयोजना गरिएको थियो जसमा करीब ३० जना भलिबल खेलाडिहरुले भाग लिएका थिए। छनौट खेल लगत्तै Australian Defence force combined Service volleyball national खेलाडि चन्द्र प्रकाश गुरुंगको कपतानीमा ९ जनाको टिम बनेको छ। FRIENDS UNITED SA VOLLEYBALL टिम नामाकरण गरि निम्न खेलाडिहरु छनौटमा परेका छन।

0. चन्द्र प्रकाश गुरुगं – कप्तान/प्रशिक्षक

0. स बीर मगर – मेनेजर (ब्यवस्थापक)

0. सोभित लामिछाने – उप कप्तान

0. केसब क्षत्री

0. मौषम घले

0. चिदा चौहान

0. अदित्य पौडेल

0. कैलास घिमिरे

0. कुमार भट्टराई

भर्खरै मात्र टिम गठन भई अभ्यास भैरहे पनि सिड्नी म्याचमा सेमीफाईनल सम्म पुग्न सकिने अनुमान प्रशिक्षक गुरुंगको छ। यस पटकको सहभागिता प्रतिस्पर्धाको लागि नभै नेपाली समुदायको भलिबलको बिकासको लागि योगदान पुगोस भन्ने फ्रेण्डस युनाईटेड टिमको सोंच छ ।

हाल सम्म यस टिमलाई कुनै प्रायोजक, संघ संस्था तथा ब्यवशायीहरु बाट कुनै आर्थिक सहयोग नमिलेपनि भबिष्यमा मिल्ने आशा गरिएको छ।

भुटानी नेपाली समुदायबाट पनि केहि खेलाडि यस टिममा रहेको हुदॉ केहि भुटानि अविभावक हरुबाट ब्यक्तिगत रुपले आर्थिक सहयोग हुने निश्चित छ भने पोखरा नेपाल स्थाई ठेगाना भई हाल अडेलेड को ब्ल्याकभ्यु बस्ने दशमी गुरुंगले ईन्ट्री फी $ २००/- सहयोग गर्नु भएको छिन भने PEST-EX Pest Control Adelaide का महेश गौतमले भलिबल तथा अन्य सामाग्री खरीद गर्न $ १००/- प्रदान गरेका छन्।

आर्थिक कठिनाईका कारण ब्यवस्थित रुपले अभ्यास गर्न नसकेपनि खेलाडिहरुको प्रगति उल्लेखनिय भएको सबै खेलाडीहरुले महशुस गरेका छन्।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..