चिनियाँ राष्ट्रपतिले दिए यस्तो चेतावनी, दुश्मनसँग खुनी युद्धका लागि तयार रहेको घोषणा

चिनियाँ राष्ट्रपति शी जिनपिंगले मंगलबार १३औं नेशनल पिपुल्स कांग्रेसलाई आक्रामक सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा दुश्मनहरुलाई कडा चुनौतिसमेत दिएका छन् ।

उनले चीन संसारमा आफ्नो स्थान प्राप्त गर्न पूर्णरुपमा आश्वस्त रहेको बताए। शी जिनपिंगले चीनको राष्ट्रिय कायाकल्प नै चीनको सबैभन्दा ठुलो सपना भएको बताए ।

उनले भने–‘हामी आफ्नो दुश्मनहरुविरुछ खुनी लडाई लड्नका लागि कृतसंकल्पित छौ । हामी शक्तिका साथ संसारमा आफ्नो स्थान प्राप्त गर्नका लागि संकल्पवद्ध छौ ।’

ताइवानलाई चेतावनी

टेलिभिजनमा प्रसारित सम्बोधनमा चीनको गौरवशाली इतिहासको जिकिर पनि गरे । उनले ऐतिहासिक उपलव्धीहरुको चर्चा पनि गरे । शीले चीनले संसारका पत्रिका, कफ्युशियसवाद र चिनियाँ पर्खाजस्तो कुरा बताए । उनले भने कि चीनले अन्तिममा बाहिरी आक्रान्ताहरुलाई बलियोसँग सामना गर्ने बताए।

शीले आफ्नो भाषणमा ताइवान वा हङकङको स्वतन्त्रताको समर्थन गर्नेहरुलाई चेतावनी पनि दिए । शीले भने कि चीनबाट एक इञ्च पनि जमिन लिन सक्दैन । शीको यो अभिव्यक्तिप्रति त्यहाँ उपस्थित सयौ प्रतिनिधिहरुले तालीको गढगडाहटका साथ स्वागत गरे।

सन् १९४९ मा चीनमा गुहयुद्ध अन्त्य भएपछि ताइवानमा स्वतन्त्र सरकार छ । यसक्रममा ताइवानमा हारपछि राष्ट्रवादी सरकार भाग्नु परेको थियो । चीन ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ। र, उनका अनुसार आवश्यक परे ताइवानलाई आफ्नो नियन्त्रणमा लिने बताउँदै आएको छ।

शीले भने–हामीले आफ्नो सम्प्रभुता र क्षेत्रीय एकतामा नियन्त्रण आवश्यक छ। हामीले हरहालमा मातृभूमिको एकता सुनिश्चित गर्नुछ ।

ताइवान र हङकङका विषयमा चीनको यो सबैभन्दा आक्रामक अभिव्यक्ति मानिएको छ। शीले भने कि इतिहासमा यो सावित भइसकेको छ कि समाजवादको माध्यमबाट चीन आफ्नो लक्ष्यमा पुग्न सक्दछ।

शीले भने, चीनका असली हिरो यहाँका नागरिक हुन् र सबै राजनेताहरुले जनताको हितमा मेहनत गर्नुपर्नेछ । उनले आफ्नो देश बलियो बनाउनुपर्ने पनि बताए।

हालै अमेरिकाले एउटा कानुन पास गरेको थियो, जसमा भनिएको थियो कि अमेरिका ताइवानमा अरु सिनियर अधिकारीहरुलाई पठाउन प्रोत्साहित गर्नेछ ।

यद्यपि अमेरिकाको ताइवानसँग कुनै औपचारिक सम्बन्ध छैन । चिनियाँ राष्ट्रपतिको यो अभिव्यक्ति अमेरिकालाई जवाफका रुपमा आएको पनि मानिएको छ। ताइवानलाई स्वतन्त्र मुलुकको मान्यता दिने कोशिसलाई चीनले सधैं कडा विरोध गर्दै आएको छ।

शी जिनपिंगलाई माओत्से तुंगपछि सबैभन्दा शक्तिशाली नेता मानिन थालेको छ। माओत्से तुंगपछि चीनको संविधानका ‘शी जिनपिंग विचारधार’ पनि समावेश गरिएको छ।

चीनमा राष्ट्रपति बन्ने समयसीमा समेत अन्त्य गरिएको छ। यस्तो शी जिनपिंगलाई आजीवन राष्ट्रपति बनाउनका लागि गरिएको बताइएको छ। यद्यपि चीनबाहिर यो कदमको विरोध पनि भइरहेको छ। बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..