बैदेशिक रोजगारमा देखिएका समस्या समाधान हुने मन्त्रीको यस्तो दावी (भिडियोसहित)

काठमाडौ । श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

नेपाल बैदेशिक रोजगार व्यवसायी संघले मंगलबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाले आवश्यक विधि र कानुनहरुको परिमार्जन गर्दै वातावरणको निर्माण गरिने समेत जानकारी दिनुभयो ।

मन्त्री विष्टले नेपालकै श्रम बजारलाई पनि फराकिलो बनाउनुपर्ने र बाहिर जाने जनशक्तिलाई पनि दक्ष बनाउनुपर्ने भएकाले त्यस बिषयमा मन्त्रालयले ध्यान पुर्याउने समेत बताउनुभयो । त्यस्तै म्यानपावर सञ्चालनमा देखिएका कठिनाइलाई पनि अध्ययन गर्दे समयानुकुल ऐन नियम बनाउने उहाको भनाई छ ।

त्यस्तै नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले फ्रि भिसा फ्रि टिकटका बाबजुत पनि बैदेशिक रोजगार व्यासायीले सहज ढंगले आफ्नो काम अघि बढाउदै आएको भन्दै यस क्षेत्रलाई सरकारले बिशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बैदेशिक रोजगार व्यवसायीहरुले श्रम क्षेत्रमा देखिएका चूनौति र कठिनाईलाई नया सरकारले अध्ययन गर्दे श्रम मैत्री कानुन तर्जुमान गर्नुपर्नेमा जोड दिएका थिए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..