साबधान ! लोकल रक्सी सँगै तपाई मोजा, स्याम्पु र प्याडको रस पिउँदै हुनुहुन्छ

ल्यान । जिल्ला प्रहरी कार्यालयले शारदा नगरपालिकाका अवैध घरपालुवा मदिरा जफत गरी आज नष्ट गरेको छ। करिब एक सातादेखि नगरपालिकाभित्र प्रहरीले छापा मारेर भाँडाकुडासहित घरेलु मदिरा जफत गरेर जिल्ला प्रहरी कार्यालयको परिसरमा नष्ट गरिएको हो।

जिल्लामा ९० प्रतिशत हिंसा मदिरा सेवनबाट हुने भएकोले यसलाई रोक्न मदिरा नियन्त्रण गरिएको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले बताए।

अवैध रुपमा मदिरा बनाइने कच्चा पदार्थमा मोजा, स्याम्पु र प्याडसमेत प्रयोग गरिएको पाइएकाले सचेत रहन उनले आग्रह गरे

नगरपालिकाभित्र सबैखाले हिंसा रोक्न आफूले प्रतिबद्धता व्यक्त गरेकाले सोहीअनुसार काम भइरहेको नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..