भारतको एउटा गाउँ, जहाँ दिदीबहिनीलाई गराइन्छ वेश्यावृत्ति, पिता र दाजुभाइ खोज्छन् ग्राहक

कानुनको कुरा गर्ने हो भने भारतमा वेश्यवृत्ति गैरकानुनी हो । तर भारत वेश्यवृत्ति र मानव किनबेचका लागि संसारमै बदनाम मानिन्छ ।भारतका सरकारहरुले बेलाबखत यसलाई अन्त्य गर्ने कार्यक्रम चलाएको नाटक पनि गर्ने गरेकै हुन्छ ।तर भारतको आर्थतन्त्रको महत्वपूर्ण अंग हो वेश्यावृत्ति ।

दुःखको कुरा त भारतका केही भागमा अहिले पनि यो काम मात्र परम्पराका नाममा पनि हुने गरेको छ। यहाँ कुरा भारतको मध्यप्रदेशको नीचम–मन्दसौर र रतलाम जिल्लाको गरिएको हो । यो क्षेत्रमा बाँछडा समुदाय कयौ वर्षदेखि यौन व्यवसाय गरिरहेको छ। आश्च्र्यको कुरा त यो समुदायका मानिसहरुका लागि वेश्यावृत्ति एउटा घृणित परम्परा यति महत्वपूर्ण छ कि उनीहरु युवतीलाई यो पेसामा उतार्न हिच्किचाउँदैनन् ।

बाँछडा समुदायको जीविका चलाउने प्रमुख माध्यम हो वेश्यावृत्ति । यहाँ युवतीहरुको जन्ममा खुसियाली मनाइन्छ किनभने उनीहरुका लागि पछि घर चलाउने माध्यम बन्ने छिन् । यो समुदायका पुरुष महिलाहरुलाई वेश्यावृत्ति गराउनुलाई जायज मान्दछन् । र पिढियौदेखि यो प्रथा चलिरहेको छ।

आमाबाबुले १२ देखि १४ वर्षको भएपछि छोरीलाई यो पेसामा धकेलिदिन्छन् । यहाँसम्म कि युवतीका दाजुभाइ र बाउ उनीहरुका लागि ग्राहक खोजेर ल्याउने गर्दछन् । घरमा बकायदा यो कामका लागि अलग्गै कोठाको व्यवस्था गरिएको हुन्छ ।

बाँछडा समुदाय नीमच–मन्दसौर, रतलामका करिब ७५ गाउँमा फैलिएका छन् । यो समुदायका करिब २३,००० जना छन्, जसमा ६५ प्रतिशत महिला छन् ।

नीमच–मन्दसौर हाइवेमा पलङमा चम्किलो कपडामा सजिएका र भड्किलो मेकअप गरेका कयौ युवती ग्राहकको प्रतिक्षामा बसेका हुन्छन् । यिनीहरुको अधिकांश ग्राहक ट्रक चालक र अन्य गाउँका पुरुष हुने गर्दछन् । उनीहरुबाट जे कमाइ हुन्छ त्यसैबाट घर परिवार चलाउनु उनीहरुको परम्परा नै हो ।

‘नई आभा सामाजिक चेतना समिति’ एउटा गैरसरकारी संस्था हो । यसका संयोजक आकाश चौहान भन्छन्–यो क्षेत्रमा अफिमको खेती पनि हुन्छ । तर यसलाई बाँछडा समुदायका कारण पनि चिनिन्छ । हामी यो समुदायको उन्नतिका लागि काम गरिरहेका छौ । उनीहरुलाई जीविका चलाउन यौन धन्धामा जान नपरोस् भन्ने हाम्रो उद्देश्य हो । वास्तवमा यो समुदाय घर चलाउनका लागि महिलामै निर्भर रहने गर्दछ । त्यसैले यहाँ छोरी जन्मिएको खण्डमा ठुलै खुसियाली मनाइन्छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..