मिनि एयर क्राफ्ट निर्माण गर्न सरोजले पाए आर्थिक सहयोग (भिडियोसहित)

चितवन । मिनि एयर क्राफ्ट (सानो जहाज) निर्माण गरिरहेका चितवनको राप्ती नगरपालिका २ गड्यौलीका सरोज चेपाङलाई १५ हजार सहयोग प्राप्त भएको छ ।

जहाज निर्माणका लागि आर्थिक अभाव भएको समाचार संचारमाध्यममा प्रसारण भएपछि भरतपुरमा रहेको फोब्र्स कलेजले मंगलवार सरोजलाई नगद १० हजार रुपैया सहयोग गरेको हो ।

नगद सहयोगका लागि कलेजका प्रिन्सिपल दिपक गौतम,सहायक प्रिन्सिपल हरिशरण पाठक र कार्यकारी निर्देशक राजकुमार दाहाल सरोजको घर पुगेका थिए । कलेजका प्रिन्सीपल गौतमले यस्ता प्रतिभालाई राज्य पक्षबाट सहयोग गर्नु पर्ने वताए । अहिले सम्म सरोजलाई राज्य पक्षबाट केही सहयोग भएको छैन् ।

जहाज निर्माणमा सहयोगका लागि भरतपुर महानगरपालिका १६ विजयनगरका सुजन थापाले पनि नगद ५ हजार रुपैया सहयोग गरेका छन् । सानो जहाज निर्माणका लागि करिव ९० हजार रुपैया अपुग भएपछि उनले त्यसको काम रोकेर प्यारामोटर निर्माण गरेरका थिए ।

प्यारामोटरको निर्माण गरेर सफल रुपमा परिक्षण स्वरुप उडाएका सरोजको मिनी एयरक्राफ्ट निर्माण गर्ने तयारी छ । सानो जहाजका लागि अहिले सम्म ५ लाख रुपैया खर्च गरिसकेका सरोजले वाँकी आवश्यक रकम सहयोगका लागि अपिल गरेका छन् । अपुग रकम सहयोग प्राप्त भएमा इन्जिन खरिद गरेर त्यसको एक महिना भित्र जहाज उडाउने सरोजले वताए ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..