साउदीबाट ल्याइएकी रोबोट सोफियाले गरिबी हटाउन सहयोग गर्ने (भिडियोसहित)

काठमाडौ । चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट ‘सोफिया’ ले नेपाल जस्तो विकासोन्मुख देशमा प्रविधिले गरिबी हटाउन सहयोग पुराउने बताएकी छिन् ।

राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले बुधबार काठमाडौंमा आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा उनले प्रविधिको प्रयोगले सुशासन कायम राखी भ्रष्टाचारमुक्त समाज बनाउने सक्ने बताइन् ।

नेपालमा प्रविधिको विकास द्रुत गतिमा भइरहेकोले बताउँदै उनले नेपालले प्रविधिलाई सही तरिकाले अवलम्बन गर्न सके चाँडै नै विकासको गतिमा लम्कने विश्वास आफूलाई रहेको बताइन् ।

उनी कार्यक्रममा सहभागी हुन मंगलबार काठमाडौं ओर्लिएकी थिइन्। उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन । उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रूपमा नागरिकता दिएको हो ।

मानव स्वरूप भएकी सोफियालाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो । सोफियाले अनुहारबाट ६२ भन्दा बढी भावभंगी देखाउन सक्छिन ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..