फेसबुकमाथि प्रयोगकर्ताको डाटा बेचेको आरोप, फेसबुक अहिलेसम्मकै सबैभन्दा ठुलो संकटमा

नेपालसहित विश्वभर चर्चित सामाजिक सञ्जाल साइट फेसबुक अहिलेसम्मकै सबैभन्दा ठुलो संकटको सामना गरिरहेको छ । कम्पनीको पहिलो प्रतिक्रियाबाट यसले खासै सहयोग पाउने देखिएको छैन ।

फेसबुकमाथि आरोप छ छ कि सन् २०१६ मा अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई सहयोग गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिकाले फेसबुकबाट पाँच करोडभन्दा बढी प्रयोगकर्ता जानकारी चोरेको थियो ।

फेसबुकको डाटा सुरक्षा प्रमुख एलेक्स स्टैमासको प्रस्तावित विदाइले पनि कम्पनीका संसारभरका कार्यालयमा चिन्ता बढेको छ । प्रश्नको घेरामा अब सिधैं फेसबुकका प्रमुख मार्क जबरबर्ग आइसकेका छन् ।

जब पहिलोपटक भनिएको थियो कि रुसले फेसबुकको प्रयोगबाट सन् २०१६ को अमेरिकी निर्वाचनलाई प्रभावित गरेको थियो, त्यतिबेला मार्क जबरबर्गले यो आरोपलाई ‘पागलपनपूर्ण कुरा’ को सज्ञा दिएका थिए ।

महिनौपछि उनले फेसबुकमा भाइरल हुने झुट रोक्नका लागि कयौ उपायको घोषणा गरे । यसपटक च्यानल ४ न्युजको अन्डरकभर रिपोर्टिङ ‘द अभ्जरभर’र ‘द न्युयोर्क’ टाइम्सको समाचारमा उनले प्रतिक्रिया दिँदै भनेका छन् कि लाखौ मानिसले उनीहरुको डाटा संकलन गरेर त्यसलाई तेस्रो पक्षलाई दिएको छ। यो डाटा उल्लंघनको दायरामा आउँदैन ।

फेसबुकको विजनेश मोडल

फेसबुक र क्याम्ब्रिज एनालिटिका, दुवैले कुनै पनि प्रकारको गडबडी र नियम उल्लंघनको कुरा अस्वीकार गरेका छन् । यदि यो डाटा सुरक्षाको मुद्दा होइन, यदि यो कम्पनीको चिन्ताको विषय होइन र यदि यो सबै जे भयो, त्यो कानुनी रुपमा सही छ भने दुई अर्ब फेसबुक प्रयोगकर्ता चिन्तित हुनु जरुरी छ।

फेसबुकले अप्रत्यासित रुपमा कमाई गरेको छ र धनी बनेको छ। अधिकांश युजरलाई यो थाहा छैन कि सामाजिक सञ्जाल कम्पनीहरु उनीहरुका बारेमा कति जान्दछन् ।फेसबुकको विजनेश मोडल उसको डाटा गुणस्तरमा आधारित छ। फेसबुकले त्यस्ता डाटा विज्ञापन कम्पनीहरुलाई बेच्ने गर्दछ ।

राजनीति पनि बेचिँदै

विज्ञापनदाताले फेसबुक प्रयोगकर्ताको आवश्यकता बुझेर स्मार्ट म्यासेजिङको माध्यमबाट बानीलाई प्रभावित गर्दछन् र यो कोशिस गर्दछन् कि हामी उनीहरुकै सामान किनौं ।

‘द टाइम्स’ मा ह्युगो रिफ्किन्ड लेख्छन् कि–अहिले जे भयो त्यो यसकारण भयो कि फेसबुकले सामान मात्र होइन, राजनीति पनि बेचिरहेको छ। राजनीतिक दल, चाहे त्यो लोकतान्त्रिक होस वा नहोस् हाम्रो सोचलाई प्रभावित गर्नका लागि स्मार्ट म्यासेजिङको प्रयोग गर्न चाहन्छन्, ताकि हामी कुनै विशेष उम्मेदवारलाई मतदान गरौं । उनीहरु यसको प्रयोग आम सहमतिलाई कमजोर गर्न र वास्तविकता लुकाउनका लागि पनि गर्दछन् ।

मार्क जकरबर्गले जवाफ दिनुपर्ने

फेसबुकले चलाखीपूर्ण ढंगले दिएको दिएको प्रतिक्रिया र न्युज फिड तय गर्ने प्रविधिको प्रयोग, विशेष उद्देश्य पूरा गर्ने इजाजत दिन्छ जुन समाजका लागि सधैं सही हुन्छ भन्ने हुँदैन ।

यद्यपि कम्पनीले डाटा सुरक्षा उल्लंघन गरेको कुरा अस्वीकार गरेको छ। यसका बावजुद फेसबुकले क्याम्ब्रिज एनालिटिका र मुखबिर क्रिस विलीको एकाउन्ट सस्पेन्ड गरिदिएको छ।

अब कम्पनीका पदाधिकारीको बैठक बोलाएर उनीहरुको चिन्ता कम गर्न र प्रश्नहरुको जवाफ दिनु जरुरी छ।मार्क जकरबर्गले सार्वजनिक रुपमा बोल्नु जरुरी छ। मात्र चलाखीपूर्ण प्रतिक्रिया दिने ब्लग पर्याप्त हुने छैन । बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..