प्रत्येक नेपाली वार्षिक दुई हजार २३४ रुपैयाँ फोनमा खर्चिन्छन्

काठमाडौ । नेपालमा एकजा टेलिफोन प्रयोगकर्ताले वर्षभरिमा औसतमा दुई हजार दुई सय ३४ रुपैयाँ खर्च गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ।

गत आर्थिक वर्षमा सञ्चालनमा रहेका पाँच वटा दूरसञ्चार कम्पनीका ग्राहकले गरेको वार्षिक खर्चलाई आधार मान्दा यस्तो देखिएको हो। नेपालमा सञ्चालित दूरसञ्चार कम्पनीमध्ये एनसेलका ग्राहकले सबैभन्दा बढी खर्च गर्ने गरेको पाइएको छ।

एनसेलले नेटवर्क प्रयोग गर्ने ग्राहकको वार्षिक खर्च औसत दुई हजार ६ सय ७१ रुपैयाँ छ। तर सरकारी स्वामित्वको नेपाल टेलिकमका ग्राहकले भने औसत एक हजार नौ सय रुपैयाँ मात्र खर्च गर्ने गरेको पाइएको छ। ६ वटा कम्पनीले सेवा प्रदान गर्ने अनुमति पाए पनि अहिले पाँच वटा कम्पनी अस्तित्वमा छन्।

त्यसमध्ये सीजी कम्युनिकेसनको कुनै पनि सेवा अस्तित्वमा छैन। प्रतिग्राहक खर्चका आधारमा स्मार्ट टेलिकम तेस्रो नम्बरमा छ। यो कम्पनीको एक ग्राहकले औसत पाँच सय ७८ रुपैयाँ खर्च गर्ने गरेका छन्। नेपाली दूरसञ्चार सेवाप्रदायकले गत आर्थिक वर्षमा कुल एक खर्ब एक अर्ब २९ करोड २५ लाख ७८ हजार पाँच सय २७ रुपैयाँ आम्दानी गरेका छ। त्यसमध्ये दुई ठूला कम्पनी नेपाल टेलिकम र एनसेलले मात्रै टेलिफोनमा ९३ प्रतिशत र इन्टरनेटमा ९६.११ प्रतिशत बजार हिस्सा ओगटेको छ। नयाँ पत्रिकामा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..