फेसबुकका मालिकले यसरी स्वीकारे गल्ती, फेसबुकमा यस्तो महत्वपूर्ण परिवर्तन गर्दै

क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जबरबर्गले आफ्नो कम्पनीबाट ‘गल्ती’ भएको स्वीकार गरेका छन् ।

उनले यस्तो व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् जसमा तेस्रो पक्षको ऐप्सका लागि फेसबुक प्रयोगकर्ताको जानकारी प्राप्त गर्न कठिन हुने छ।

जकरबर्गले भनेका छन् कि ऐप बनाउने एलेक्जेन्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसुबकबीच जे भयो त्यो ‘विश्वासघात’ समान छ ।

उनले भनेका छन् कि यो ‘फेसबुक र ती मानिसका साथ पनि विश्वासघात भएको छ, जो आफ्नो कम्पनीको जानकारी हामीसँग शेयर गर्दछन् ।

कडा कदम चाल्ने प्रतिवद्धता

फेसबुकमा जारी वक्तव्यमा मार्क जकरबर्गले भनेका छन्–फेसबुक मैले सुरु गरेँ र हाम्रो यो मञ्चमा जे हुन्छ, त्यसका लागि म जिम्मेवार छु ।
उनले भनेका छन् अहिले आएका समस्याहरु समाधान गर्नका लागि फेसबुकले यस्तो कदम चाल्नेछ–

–ती सबै ऐप्सको जाँच गरिनेछ, जसले २०१४ मा डाटा एक्सेसलाई सीमित गर्नुअघि ठुलो मात्रामा जानकारी हासिल गरेका थिए ।

–संदिग्ध गतिविधि गर्ने सबै ऐप्सको छानविन गरिनेछ ।

–छानविनका लागि सहमत नभएका डेभलपरमाथि प्रतिबन्ध लगाइनेछ ।

–निजी जानकारी दुरुपयोग गर्ने डेभलपर्सलाई प्रतिबन्ध लगाइनेछ र प्रभावित भएकाहरुलाई यसबारे सूचना दिइनेछ ।

ऐप बनाउनेहरुमाथि कडाइ

फेसबुकका संस्थापकका अनुसार यसप्रकारको घटना पुनः दोहोरिन नपाओस् भन्नका लागि भविष्यमा यस्ता व्यवस्था गरिनेछ–
–कुनै पनि प्रकारको दुरुपयोग रोक्नका लागि डेभलपर्सलाई डाटा एक्सेस सीमित गरिनेछ ।

–यदि फेसबुक प्रयोगकर्ताले तीन महिनासम्म ऐप प्रयोग गरेको छैन भने त्यसको डाटा एक्सेस डेभलपर्सबाट फिर्ता लिइनेछ ।

–कुनै ऐपमा साइन–इन गर्ने बेला युजरको तर्फबाट दिइने डाटाको नाम, प्रोफाइल तस्वीर र इमेल एड्रेससम्म सीमित गरिनेछ ।

–डेभलपर्सलाई युजरको पोस्ट वा अन्य निजी डाटाको एक्सेस लिनुअघि अनुमति लिनुपर्नेछ र एक सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्नेछ । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..