काठमाडौ । दक्षिण कोरिया जान चाहने कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम संकलन कार्य आजबाट सुरु हुने भएको छ ।
सन् २०१९ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत जान चाहानेका लागि फारम संकलन सुरु भएको हो । परीक्षामा सहभागी हुनेले आजदेखि आगामी १७ चैतसम्म आवेदन फारम अनलाइनबाटै भर्न सक्नेछन् ।
भाषा परीक्षामा सहभागी हुनका लागि १८ बर्ष पूरा भई ३९ बर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने हदबन्धी तोकिएको छ ।
परीक्षामा सहभागी हुन चाहनेले ईपीएस कोरिया शाखाको नेपालको आधिकारिक वेबसाइटबाट लग इन गरी त्यहाँ उल्लेख भएका विवरण अनलाइनबाटै भर्न पाउनेछन् । जसका कारण गत बर्ष पहिलोपटक सुरु हुनुभन्दा अघिका बर्षझैं फाराम भर्न रातभर लाइनमा बस्नुपर्ने छैन ।