यस्तो रहेछ बरमि श्रेष्ठको ‘किन हुन्छ’ म्युजिक भिडियो

गीतकार रमि श्रेष्ठको शब्द रचना रहेको ‘किन हुन्छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार श्रेष्ठ गीत लेखनको साथमा सान्दर्य प्रतियोगिता आयोजना गर्दै आएकी छिन् । -यामजोन इन्टरटेनमेन्ट प्रालिकी सिइओ रहेकी श्रेष्ठको यस अघि थुप्रै गीतहरु सार्वजनिक भएका छन् ।

सलिना प्रधानको स्वर रहेको यस गीतमा संगितकार अनिल शाहीको संगीत रहेको छ ।

सार्वजनिक भएको म्युजिक भिडियोमा संगीतकार समेत रहेका अनिल शाहीको साथमा सिम्रन पन्तको अभिनय रहेको छ । पन्त मिस टिन नेशनलको विजेता पनि हुन । शाहीकै निर्देशनमा तयार भएको भिडियोमा रशिला श्रेष्ठको छायांकन रहेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..