नेपाल ट्रष्टमा हल्ला मात्र ठूलो : छैन सम्पत्ति राजा विरेन्द्रको

टिप्पणी

टिप्पणी :
हल्ला जति गरे पनि नेपाल ट्रष्टमा स्व राजा विरेन्द्र र परिवारको सम्पत्ति खासै छैन। ती सम्पत्तिबाट खासै ठूलो धेरै आयआर्जन भएको पनि छैन।
गोकर्ण रिसोर्ट भएको स्थानमा गोल्फ चउर, जंगलसहितको करिब ४ हजार रोपनी जग्गा छ। पोखरा रत्नमन्दिर र वरपर करिब २०० रोपनी जग्गा छ। भरतपुर चितवनमा दियालो बंगला दरबारसहित करिब ७०० रोपनी जंगल छ। हेटौडामा ५,६ बिघाहा जग्गासहितको सामान्य घर छ। अरू एकाध रोपनी जग्गाकै प्लटहरू बिभिन् नजिल्ला ठाउमा छरिएका कुनै उपयोग नभइरहेका छन्। ऐतिहासिक महत्वको भनेको रत्न मन्दिर, दियालो बंगला र हेटौटा दरबार मात्र हुन सक्छन्।

यी जग्गा जमिनबाट खासै आम्दानी छैन, न कमाउने तरिकाले कुनै आर्थिक परिचालन गरिएको छ।
राजाकै पालामा भाडा वा लिजमा लगाइएका केही भवनहरूको भाडा वा लिजबाट वर्षेनि अहिले करिब ४,५ करोड आम्दानी होला। करिब सवा अर्ब नगद त्यतिकै बैंकमा परिरहेको छ।

ट्रष्टको आम्दानीले आधारभूत शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरेर समाजसेवी गरिने लक्षसहित स्थापित नेपाल ट्रष्टले १ पैसापनि आजसम्म ती क्षेत्रमा खर्च गर्न सकेको छैन। ट्रष्टको आम्दानी भनेकै आफ्नो सम्पत्तिलाई ब्यापारिक भाडा लगाउने हो।
ट्रष्टसंग अस्पताल वा शिक्षालयको भौतिक संरचना र ब्यवस्थापन वा स्थापना गर्न आफूसंग श्रोत नै छैन। कसैलाई लिजमा दिएर संयुक्त लगानी गर्न सकिने मात्र हो। भाडा वा लिजबाट कमाएको धनलाई शिक्षा वा स्वास्थ्यमा लगानी गर्न थालेर समाजसेवा गरेमामात्र पूर्व राजाको सम्पत्तिलाई राष्ट्रीयकरण गरी नेपाल ट्रष्ट बनाएको औचित्य सिद्ध हुन्छ। नभए यी सम्पत्ति बोझ हुने मात्र हो। सरकारका सचिव र ट्रष्टीहरू बगैचे मात्र बनिरहने हो।

ट्रष्टको सम्पत्तिलाई सरकारका निकायहरूले पनि विभिन्न ठाउँमा त्यतिकै हड्पिरहेका पनि छन्। कमर्सियल प्रयोग गर्ने हो भने अर्बौं आम्दानी हुनेमा सरकारले कब्जा गरेको छ। आम्दानी नगरी ट्रष्टले केही काम गर्न सक्दैन। ट्रष्ट सरकारको होईन, राज्यको धरोहर हो। ट्रष्टको निजी सम्पत्ति र जग्गामा सरकार र अरूको गिद्धे नजर लाग्दै आएता पनि अझै जोगिएको छ। भविष्यमा यो धरोहर जोगाउने कर्तब्य जनताको हो। नेता, सरकार वा अरूको त सधैं गिद्धे नजर भएको नै हो।

Manju Mishra
dbbasnet@gmail.com
https://rajmarga.com/

यो छुट्टाउनु भो कि..