तपाईलाई थाहा छ ? काउकुति किन र कसरी लाग्छ ? यस्तो छ कारण

मानिसको शरीरका विभिन्न अंगमा कसैले छुँदा कम्पन वा काउकुति लाग्छ । पराईको स्पर्शमा काउकुती वा कम्पन कहाँबाट आउँछ त ?

काउकुतीको आवश्यकता

कम्पनको सुरुवात र शरीरलाई काउकुतीको आवश्यकतामा अहिले शोधकर्ताहरुबीच विवाद चलिरहेको छ।

किराको पहिचान

एउटा राय यो छ कि संवेदनशील शरीरमा किरा पहिचान गर्नका लागि हो ताकि किराले काट्नुअघि त्यसलाई हटाउन सकियोस् ।

जवाफ दिन्छ शरीर

शायद यसले हामीलाई प्रतिक्रियाका लागि पनि तयार गर्दछ । कसैले काउकुती लगाए मानिस तत्काल प्रतिवादमा उत्रन्छ ।

हतियार हो काउकुती

पेटको वरपर वा नजिकै केही बढी काउकुती लाग्ने स्थान संवेदनशील अंगको रक्षाका लागि हुन्छ ।

स्पर्श र काउकुतीमा फरक

कसैले हल्का स्पर्श गर्दा वा सहलाउँदा हुने कम्पन र काउकुतीबीच अन्तर निकै कम छ।

कामुकता

शरीरमा काउकुती लाग्ने स्थानले अक्सर कामुकता उत्पन्न गराउने पनि हुन्छ ।कति मानिस यसबाट कामुक हुने गर्दछन् ।

उमेरको असर

जसका साथी काउकुतीको लागेको फाइदा उठाउँछन्, उनीहरुका लागि राम्रो खबर छ कि उमेर ढल्कँदै जाँदा काउकुती कम हुन्छ ।

गुरिल्लालाई पनि लाग्छ काउकुती

यस्तो होइन कि काउकुती लाग्ने वा लगाउने काम मात्र मानिसस गर्दछन् । देखिएको छ कि गुरिल्ला र चिन्पान्जी पनि यसो गर्दछन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..