सम्राज्ञीले गरिन आकाशसंग रोमान्स, बिचरा नाजिर हेरेको हेरेकै भए(भिडियो सहित)

चैत २३ गतेलाई प्रदर्शन फिल्म ‘तिमीसँग’ को टाइटल गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह प्रस्तुत छन् ।

गीतमा अन्नपूर्ण बेशक्याम्पको सौन्दर्य कैद गरिएको छ । यी दृश्यहरु शुशील क्षेत्रीले खिचेका हुन् । शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोमा आकाश र साम्राज्ञीको जोडी  देखिएको छ ।

गीतमा मधुरा भट्टचार्य र राहुल मुखर्जीले आवाज दिएका छन् । राहुल मुखर्जीले संगीत भरेको गीतलाई लेखु सहयात्रीले लेखेका हुन् । यसअघि सार्वजनिक ट्रेलर ६ लाख बढी दर्शकले युट्युबमा हेरिसक्दा सार्वजनिक यो गीत पनि हिट हुने आँकलन निर्माण युनिटको छ ।

‘तिमीसँग’ मा नाजिर हुसेन, सुनिल वि.क, शिशिर राणा, अनुपम श्रेष्ठलगायतका कलाकारहरुको पनि प्रमुख भूमिका छ । शिशिर राणा फिल्मका लेखक, निर्माता र निर्देशक हुन् । उक्त फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।
-दिवस बस्नेत 

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..