वाम एकता बैशाख १० गते घोषणा हुने

काठमाडौ। एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर बैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएका छन् ।

स्थापनापछि पटक पटक फुट देखिएको कम्युनिस्ट आन्दोलन एकजुट भएको सन्देश दिन दुवै पार्टीले दिवसकै दिन रोजेका हुन् ।

२००६ बैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो ।

२०१९ सालबाट फुट्न थालेको कम्युनिस्ट पार्टीका दुईटा मूलधारका रुपमा एमाले र माओवादी छन् ।

अब दुवै मिल्न लागेकाले कम्युनिस्ट आन्दोलन नै एकीकृत हुने उनीहरुको तर्क छ ।

उक्त दिनसम्ममा एकता खाकालाई अन्तिम रुप दिन दुवै दलका कार्यदलले काम गरिरहेका छन् । कान्तिपुरमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..