यसरी चल्ने भयो सेक्स डल ‘वेश्यालय’, ग्राहक बढ्दो, महिलाहरुले भने हाम्रो अपमान भो

काउन्सिल अफ पेरिसले सेक्स डेलसँग सम्बन्धित कारोबारविरुद्ध परेको उजुरी खारेज गरेको छ। यो कारोबारलाई महिलाहरुले आफ्नो अपमान भएको बताएका थिए।

पेरिसमा एउटा यस्तो कारोबार विवादमा छ, जसमा मानिसहरु एउटा सिलिकन सेक्स डलका साथ एक घण्टा बिताउनका लागि ८९ पाउन्ड तिरिरहेका छन्।

कम्युनिष्ट पार्षदहरु र महिला समूहले यो कारोबारप्रति आपत्ति जनाएका थिए ।उनीहरुले पेरिसमा प्रशासनका लागि जिम्मेवार काउन्सिल अफ पेरिसमा एक्सडल्स बन्द गर्ने सम्भावनाका विषयमा अध्ययन गर्न माग गरेका थिए ।

उनीहरुले भनेका थिए कि यो महिलाहरुलाई अपमानित गर्ने खालको छ र यो वेश्यालयजस्तै छ । फ्रान्समा वेश्यालय संचालन गर्नु गैरकानुनी मानिन्छ ।

तर, पुलिसले काउन्सिलको बैठकअघि उक्त स्थानको अवलोकन गरेको थियो र प्रहरीका अनुसार त्यहाँ कुनै कानुन तोडिएको नपाएको बताएको थियो ।

एक्सडल्सका विषयमा आएको निर्णयपछि कम्युनिष्ट पार्षद निकोलस बाँनेट र हार्वी बेग्युले भने कि उनीहरुलाई काउन्सिलको निर्णयप्रति अफशोच छ।

उनले भने–मानिससँग निकै हदसम्म मिल्दोजुल्दो यो डल फ्रान्समा वेश्यालय पुनःस्थापना गर्नका लागि गरिएको एउटा नयाँ खोज हो।

उनले एक्सडल्सलाई–महिला र पुरुषबीचको सम्बन्धलाई अमानवीयकरण गर्नुको चरम सीमा’ बताए । उनले वेश्यावृत्तिबाट गरिने महिला शोषण र मानव तस्करीसँग सम्बन्धित अपराधलाई महत्वहीन बनाएको आरोप पनि लगाए ।

एक्सडल्सको गोप्य ठेगाना

जुन स्थानमा एक्सडल्सको कारोबार चलाइन्छ त्यसलाई गोप्य राख्ने पूर्ण कोशिस गरिन्छ ।

एक्सडल्सलाई पेरिसको एउटा गुमनाम स्थानमा राखिएको छ र यो स्थान यही वर्ष मात्र खोलिएको हो । तर वास्तविक पहिचान लुकाउँदै यो स्थानको नाम ‘गेम्स सेन्टर’ राखिएको छ।

यो स्थानका मालिक जोशाम लाँस्क्वीले ले परसियन पत्रिकालाई भने कि यहाँ आउने अधिकांश मानिस पुरुष हुन्छन् तर केही प्रेमी जोडी पनि त्यहाँ पुग्ने गरेका छन् । जोशाम पहिला ई–सिगरेट पसल चलाउँथेँ ।

गेम्स सेन्टरमा तीन वटा कोठा छ र हरेक कोठामा १ मिटर ४५ सेन्टिमिटरको छ। र हजारौ मूल्य बराबरको सेक्स डल राखिएको छ।

ग्राहक यसका लागि अनलाइन बुकिङ र भुक्तानी गर्दछन् । तर उनीहरुलाई पनि यो स्थानको बारेमा गोप्य राखिन्छ । जोशाम भन्छन् कि यहाँका छिमेकीहरुलाई सम्म थाहा हुँदैन कि गेम्स सेन्टरमा कस्तो खाले कारोबार भइरहेको छ।

उनी भन्छन्, यो गुडिया सेक्स टोय हो र उनी यसलाई महिलाहरुलाई अपमानित गर्ने मान्दैनन् । बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..