तपाईलाई थाहा छ अन्तरिक्षबाट पृथ्वीमा देखिने दश कुरा ?

पृथ्वीमा केही यस्ता कुरा छन् जुन सयौ किलोमिटर टाढा अन्तरिक्षबाट पनि स्पष्ट देखिन्छन् । ती कुरा कति मानव निर्मित छन् भने कति प्राकृतिक । यी हुन् अन्तरिक्षबाट पृथ्वीमा स्पष्ट देखिने दश कुराः

१. उज्यालोमा नुहाउँदै गरेको सहर

राति बत्तीको जगमगाइरहेका ठुला सहर अन्तरिक्षबाट स्पष्टसँग देखिन्छ । जुन सहर जति विकसित र ठुलो छ, त्यसको उज्यालोको आकार पनि त्यति नै ठुलो देखिने गर्दछ ।

२. पाल्प आइल्याण्ड

दुबईमा मानव निर्मित पाल्प आइल्याण्ड सबैभन्दा ठुलो द्वीप हो । अरब सागरमा बनाइएको यो द्वीप समूह अन्तरिक्षबाट ताडीको रुखजस्तो देखिन्छ।

३ दोभान

दुई महासागर जुन स्थानमा एकआपसमा मिल्दछ , त्यहाँ पानीको फरकपन र वनस्पतिको भिन्नताका कारण गज्जबको दृष्य देखिन्छ । यो दृष्य अन्तर्राष्ट्रिय अन्तरिक्षा केन्द्रबाट पनि देखिने गर्दछ।

४. स्पेनको ग्रिन हाउस

स्पेनको अलमेरिया क्षत्रेमा ६४,०० हेकड जमिनमा ग्रीन हाउस फैलिएको छ।दिउँसो यसबाट परावर्तित हुने उज्यालो अन्तरिक्षबाट पनि देख्न सकिन्छ । यो ग्रीनहाउसमा युरोपका लागि फलफूल र तरकारी उत्पादन गर्ने गरिन्छ ।

५. गीजाको पिरामिड

संसारको सात आश्चर्यमध्ये एकका रुपमा चर्चित गीजाको पिरामिड अन्तरिक्षबाट पनि देखिन्छ । इजिप्टमा रहेको यो पिरामिड पृथ्वीमा रहेको सबैभन्दा ठुलो पिरामिड पनि हो ।

६. सुन्दरबन डेल्टा

हिन्द महासागरमा सामुन्नेभन्दा पहिला गंगा नदीले विश्वको सबैभन्दा ठुलो डेल्टा बनाउने गर्दछ । यो डेल्टा ४ सय किलोमिटरसम्म फैलन सक्छ । यसैको विस्तारका कारण अन्तरिक्षबाट पनि देखिने गर्दछ।

७. ग्रैन्ड कैनियन

अमेरिकाको एरिजोना प्रान्तमा लाखौ वर्षदेखि चट्टान काटेर बनाइएको कैनियन नदीको आश्चर्य पनि धेरै टाढाबाट देखिन्छ । करिब ४ सय किलोमिटर लामो ग्रैन्ड कैनियन भ्याली आईएसएसबाट पनि स्पष्टसँग पहिचान गर्न सकिन्छ ।

८. अमेजन नदी

विश्वको सबैभन्दा ठुलो र लामो अमेजन नदी एक मात्र होइन, कयौ स्थानमा अन्तरिक्षबाट देखिन्छ।

९. ग्रेट बैरियर रिफ

अस्ट्रेलियामा रहेको मुगाको सबैभन्दा ठुलो चट्टान ग्रेट बैरियर रीफ पनि सयौ किलोमिटरमाथिबाट देखिने गर्दछ ।२,३०० किलोमिटर लामो रीफ निकै अद्भुत देखिन्छ।

१०. हिमालय

संसारको सबैभन्दा ठुलो र अग्लो पर्वत श्रृङ्खला हिमाल अन्तरिक्षबाट कुनै समस्याबिना स्पष्टसँग देखिन्छ । माउन्ट एभरेष्ट अर्थात सगरमाथासहित सयौ उच्च हिमालको चमक अन्तर्राष्ट्रिय स्पेश स्टेशनबाट पनि स्पष्ट देखिन्छ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..