युवतीहरुका लागि सनी लियोनको यस्तो ऐप आउँदै, युवतीका लागि उपयोगी हुने दावी

सनी लियोन अभिनयका साथसाथै प्रोडक्शन र एउटा ब्राण्डका रुपमा पनि काम गरिरहेकी छन् । सनीको केही समय पहिला नै एउटा मेकअप ब्रान्ड ‘स्टारस्ट्रक’ सार्वजनिक भएको थियो, जसको पहिलो ब्याच विक्री भइसकेको छ।

यसका साथै सनी लियोनले आफ्ना प्रशंसकका लागि एउटा अर्को राम्रो काम गर्ने भएकी छन् । उनी स्वयमको मेकअप ब्रान्डलाई डिजिटल गर्ने भएकी छन् ।र, यसका लागि उनले एउटा ऐप पनि चलाउने छिन् ।

ऐपमा सनी लियोनको मेकअप ट्युरोरियल हुनेछ । साथै यसमा एउटा फिचर पनि हुनेछ, जहाँ युजर आफू कस्तो देखियो हेर्न पनि सक्छन्।

सनी लियोनले यसबारेमा जानकारी दिँदै लामो समयदेखि आफूले यो योजना बनाएको बताएकी छन् । मेकअप किन्ने बेला प्रयोगकर्ता सधैं उल्झनमा रहने गर्दछन् कि हाम्रो स्कीन टोनमा कुन रङ्ग राम्रो देखिनेछ, लिपस्टिकको कुन चैं शेड किन्नु उचित हुनेछ। आइलाइनर वा कुनै आइलाइनर होइ र पनि धेरै कुरा हो । युवतीहरुका लागि यो ऐप निकै उपयोगी हुने बताइएको छ।

यो ऐपमा तपाईले हरेक प्रश्नको उत्तर खोज्न सक्नु हुनेछ । यसबाट तपाई आफ्नो रुचीको मेकअप ऐपको माध्यमबाट पनि हेर्न पाउनु हुनेछ।

यद्यपि अहिले सनी लियोन तमिल चलचित्रमा काम गरिरहेकी छन् । यसमा उनी एउटी शक्तिशाली राजकुमारी हुनेछिन् र यसको एक्शन सिक्वेन्सका लागि तरबारबाजी र घोडसवारी पनि सिकिरहेकी छन् । सनी लियोनका श्रीमान डेनियल भेबर आफ्नो तीन सन्तानका साथ निकै खुस छन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..