विकासको समाजवादी मोडल घोषणा गर्ने प्रचण्डको घोषणा (भिडियोसहित)

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘विकासको समाजवादी मोडल’ निर्माण गर्ने घोषणा गर्नु भएको छ ।

अध्यक्ष प्रचण्डले संवैधानिक व्यवस्था अनुसार विकासको समाजवादी मोडल निर्माण गर्न आफूहरु केन्द्रित भएको पनि स्पष्ट पार्नु भयो । उहाँले सामाजिक न्यायसहितको अर्थतन्त्र निर्माण गर्दै विकासको समाजवादी मोडल निर्माण गर्ने योजना पनि सुनाउनु भयो ।

मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरेर मात्रै विकासको समाजवादी मोडल निर्माण गर्न सकिने अध्यक्ष प्रचण्डको भनाई छ । शुक्रबार संघीय समाजवादी फोरम, नेपालका सचिव अजम्बर काङमाङ राई र नयाँ शक्ति पार्टी, नेपालका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै उहाँले संविधान संशोधनकै माध्यामबाट नागरिकका अधिकारलाई सुनिश्चित गर्ने आधार तय भईसकेको पनि स्मरण गराउनु भयो ।

अध्यक्ष प्रचण्डले एमालेसँगको पार्टी एकतालाई टुंगोमा पु-याउन अघि २ पार्टीले आ–आफ्नो संगठनलाई अन्तिम रुप दिने जानकारी पनि दिनु भयो ।

उहाँले २ पार्टीबीचको एकताका लागि गठित कार्य दलले आईतबारसम्म आफ्नो प्रतिवेदन पार्टी एकता संयोजन समितिमा पेश गर्ने पनि बताउनु भयो । अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि पनि दुवै दलले आफ्नो संगठनलाई अन्तिम रुप दिनुपर्ने अवस्था आएको पनि उल्लेख गर्नु भयो ।

अध्यक्ष प्रचण्डले एमालेसँगको पार्टी एकता मुलुकको आवश्यक्ताले तय गरेको पनि बताउनु भयो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..