ओलीले भने–दुई वर्षभित्र रेल र २०७६ भित्र पानी जहाज चलाएर देखाइदिन्छु (भिडियोसहित)

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष भित्र नेपालमा रेल सेवा संचालनमा ल्याउने घोषणा गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले २ वर्ष भित्र नेपालमा रेल सेवा संचालनमा ल्याएर आफूलाई मजाक गर्नेहरुलाई जवाफ दिन चाहेको पनि स्पष्ट पार्नु भयो । उहाँले २०७६ साल भित्र नेपाली झण्डाबाहक पानी जहाजले सामान ओसारपसार गर्ने महत्वकांक्षी योजना पनि सार्वजनिक गर्नु भयो ।

शुक्रबार काठमाडौंमा २९ औं राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटन गर्दै उहाँले पानी जहाजमा नेपालले समान ओसारपसार गरेको देखाएरै छोडने दृढता व्यक्त गर्नु भयो ।

उहाँले रेल सेवा संचालन र पानी जहाज संचालन गर्ने आफ्नो प्रतिवद्धतालाई विगतमा मजाकको विषय बनाइएको पनि स्मरण गराउनु भयो । अव मजाक उडाउन नदिनेगरी काम गर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उहाँले आफू नेतृत्वको सरकार देश बनाउन आएको पनि दोहोराउनु भयो ।

प्रधानमन्त्री ओलीले सरकार देश र जनताको हितमा समर्पित हुने पनि बताउनु भयो । उहाँले सरकारले अव उद्यम विकासको लहर नै सृजना गर्ने दावी गर्नु भयो । कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्यम विकासका लागि निजी लगानी भित्रयाउन आवश्यक ऐन, कानुनको व्यवस्था गर्न लागिएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री केपी ओलीको चाहना अनुसार घरघरमा महिलाहरुले रोजगारीको अवसर पाउने गरी साना उद्यम विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । निजी क्षेत्रलाई प्रोत्साहित गरेर सरकार उद्यम विकासलाई अघि बढाउन प्रतिवद्ध रहेको मन्त्री यादवको भनाई छ ।

सरकारकै योजना अनुसार काठमाडांंैको भृकुटीमण्डवमा आयोजना गरिएको प्रदर्शनी ५ दिनसम्म चल्नेछ । ३ सय भन्दा बढि स्वदेशी उत्पादनका स्टलहरु रहेको प्रर्दशनीमा करिव ८ करोड कारोबार हुने अपेक्षा गरिएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..