अमानवीयताको पराकाष्ठाः महिलालाई रुखमा बाँधेर पिटिइरहियो, गाउँले मुकदर्शक बनेर हेरिरहे !!!

एउटी महिलालाई रुखमा बाँधेर पिटियो । उनी पीडाले चिच्याइरहिन् र बेहोश भइन् । तर गाउँका मानिस चुपचाप हेरेर बसे ।

यो घटना हो आफूलाई अति नै सभ्य र लोकतान्त्रिक मुलुक भनिने भारतको उत्तर प्रदेशको बुलन्दसहरको गाउँ लौगाको । यि महिलामाथि उनका श्रीमान र परिवारलाई उनको चरित्रमाथि शंका थियो । त्यसैले उनका श्रीमानले उनलाई यसरी सार्वजनिक स्थलमा पिटेका हुन् ।

यो घटना १० मार्चको हो र अब यसको एउटा भिडियो सार्वजनिक भएको छ। यसमा गाउँबासी यि महिलालाई पिटेको चुपचाप हेरेर रमिते बनेको देखाइएको छ।

बुलन्दसहरका एसएसपी सिटी प्रवीण रञ्जनले बीबीसी सम्वाददाता दिलनवाज पाशासँग भने कि यि महिला आफ्नो गएकी थिइन् । र, जब एक सातापचि उनी फर्किइन् तब परिवारले उनलाई यस्तो सजाय दिएको हो ।

प्रहरीले महिलाका श्रीमानसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको छ। श्रीमानका साथै दुई जना अरुलाई पनि पक्राउ गरिएको छ। स्थानीय पत्रकार सुमित शर्माका अनुसार यो घटनामा गाउँमा पञ्चायत पनि राखिएको थियो, पञ्चायतले नै महिलालाई यसप्रकारको साजय दिने निर्णय गरेको हो । यद्यपि प्रहरीले यसको पुष्टि गरेको छैन ।

डीएम रौशन जैकबले पनि पीडित महिलासँग भेट गरेर जानकारी लिएका छन् र भिडियोमा देखिएका सबैको पहिचान गरेर जेल पठाउने आदेश दिएका छन्।

जब डीएमले स्थानीयसँग सोधपुछ गरे तब उनीहरु सबैले महिलालाई नै जिम्मेवार ठहराउने कोशिस गरे । यदि नेशनल क्राइम रेकर्ड ब्युरोको तथ्यांक हेर्ने हो भने महिलाविरुद्ध हुने अपराध उत्तर प्रदेशमा २०१५ र २०१६ मा सबैभन्दा बढी थियो ।

सन् २०१५ मा श्रीमान र नातेदारको क्रुरताको ८ हजार ६ सय ६० दर्ता भएको थियो । सन् २०१६ मा यस्तो घटना ११ हजार १ सय ६६ दर्ता भएको थियो । बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..