रिसले अनुहार रातो हुनु र डरले पहँलो हुनु, यो सबै पूरानो भनाइ अक्सर सुन्ने गरिन्छ ।तर, अब यो कुरा सावित पनि भएको छ कि किन यस्तो हुन्छ ।
अमेरिकाको ओहियो युनिभर्सिटीको अध्ययनले यस विषयमा आश्च्र्यमा पार्ने रहस्य खुलासा गरेको छ। यो अध्ययनका अनुसार मानिसको भावना परिवर्तनका साथसाथै उसको शरीरमा रक्त संचार प्रक्रिया पनि परिवर्तन हुने गर्दछ।
यही परिवर्तनले नै अक्सर अनुहारमा देखिने गर्दछ, जसका कारण अनुहारको रंग केही परिवर्तन भएजस्तो लाग्दछ । युनिभर्सिटीका शोधकर्ताहरुले यही विषयमा शोध गरेका थिए कि अलगअलग भावनामा मानिसको अनुहारको रंग किन परिवर्तन हुन्छ ।
यसका साथै यो कुराको पनि अध्ययन गरिएको थियो कि के अनुहारको रंगको आधारमा कुनै व्यक्तिको भावना पहिचान गर्न सकिन्छ । नतिजाअनुसार आमरुपमा अलग अलग भावनामा व्यक्तिको नाक, आइब्रो र गालाको रंगमा परिवर्तन आउँछ । ७५ प्रतिशत मामिलामा अनुहारमा यो बदलिदो रंग देखेर कुनै पनि व्यक्तिको भावना बुझ्न सकिन्छ ।
नर्वस सिस्टमले गर्छ नियन्त्रण
अध्ययन टोलीको नेतृत्व गरेका डाक्टर एलेक्स मार्टिन्ज भन्छन् कि मानिसको अनुहारको बदलिदो एक्सप्रेशन र बद्लिदो रंगको सम्बन्ध सेन्ट्रल नर्वस सिस्टमसँग हुन्छ । उनले भने–हामीले शोधमा यही सिस्टमलाई बुझ्ने दिशा काम ग-यौ । जब मानिसमा अलगअलग भावनाहरु पैदा हुन्छ तब यसको पहिलो असर उसको शरीरमा बग्ने रगतमा पर्दछ । यो असरले बढी खुसी वा बढी दुःख, डर, आक्रोशजस्ता भावनाहरुलाई देखाउँछ । यस्तोमा सेन्ट्रल नर्वस सिस्टमले शरीरलाई संकेत दिने गर्दछ ।
यो संकेत पाएर रगतको बग्ने गति तिब्र हुन्छ र रगतको संरचनाहरुअनुसार फरक आउँछ । यही फरकले अनुहारको बदलिँदो रंगको रुप देखाउछ । विशेष कुरा यो छ कि यो पूरा प्रक्रिया हरेक लिंग र उमेरका व्यक्तिका लागि एकैजस्तो हुन्छ ।
आर्टिफिशियल इन्टेलिजेन्समा मिल्नेछ सहयोग
ओहियो युभिनर्सिटीको अध्ययन टिमका अनुसार यो पूरा प्रक्रियालाई बुझ्ने हो भने कुनै पनि मानिसको अनुहार हेरेर उसको भावना बुझ्न सकिन्छ । सेन्ट्रल नर्वस सिस्टमको यो कार्यप्रणालीलाई बुझेर आर्टिफिशियल इन्टेलिजेन्ससँग सम्बन्धित अध्ययनमा पनि यसको प्रयोग गर्न सकिन्छ ।
अनुहारको रंग हेरेर भावना बताउने कम्युटर बन्दै
ओहियो युनिभर्सिटीका वैज्ञानिकहरु यस्तो कम्प्युटर प्रोगाम बनाउने दिशामा पनि काम गरिरहेका छन्, जसले मानिसको अनुहारको रंग हेरेर उसको भावना बताउन सकोस् । यदि मानिसले स्वास रोक्ने र आँखा पनि नझिम्काए पनि यो प्रोग्रामले ९० प्रतिशत एक्यूरेसीका साथ उसको भावना बताउन सक्नेछ । ओहियो युनिभर्सिटीका शोधकर्ताहरुले मानिसको १८ अलगअलग भावनाको स्याम्पल लिएर यो कम्प्युटर प्रोग्राम तयार गर्ने दिशामा काम गरिरहेका छन् । एजेन्सी