यस्ता छन् अमेरिकी राष्ट्रपतिसँग यौन सम्बन्ध रहेको दावी गर्ने तीन महिला

प्लेब्वाय म्यागजिनकी पूर्व मोडल कैरन मैकडागनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पसँग माफी मागेकी छन् । उनले सन् २००६ मा ट्रम्पका साथ अफेयर रहेको दावी गरेकी थिइन् ।

समाचार न्यानल सीएनएनलाई दिइएको एउटा अन्तर्वार्तामा उनले ट्रम्पसँग दश महिनासम्म चलेको यो प्रेम सम्बन्धका लागि माफी माग्न चाहेको बताएकी हुन् । उनले आफूले उनका साथ कहिल्यै यस्तो केही नहोस भन्ने चाहेको पनि बताइन् ।

उनले भनिन् कि पहिलोपटक करिब आएपछि ट्रम्पले उनलाई पैसा दिने कोशिस गरेका थिए । यसपछि उनी घर फर्कने बेला रोएकी थिइन् । राष्ट्रपति र व्हाइट हाउसले यो आरोपहरु अस्वीकार गर्दै आएको छ।

सीएनएनका एन्डरसन कूपरसँग कैरन मैकडागलले भनिन्–जम म मोडिएर पछाडि हेर्छु तब थाहा हुन्छ कि त्यो गलत थियो । म वास्तवमै माफी माग्न चाहन्छु । मलाई थाहा छ कि जे मैले गरेँ, त्यो गलत थियो ।

सन् २०१६ मा मैकडागलले एउटा पत्रिकासँग १,५०,०० डलरको सम्झौता गरेकी थिइन् । जसअन्तर्गत उनी आफ्नो कथा उक्त पत्रिकालाई बताउन राजी भएकी थिइन्।

यो लेख कहिल्यै प्रकाशित भएको थिएन । अब मैकडागलका अनुसार ट्रम्पका साथ उनको सम्बन्धको कुरा लुकाउनका लागि यसो गरिएको थियो । अब उनी सम्झौता रद्द गर्नका लागि पत्रिकाविरुद्ध मुद्दा हाल्ने तयारीमा छिन् ।

मैकडागल ती तीन महिलाहरुमध्ये एक हुन् जसले राष्ट्रपति ट्रम्पका साथ कतिथ रुपमा सम्बन्ध भएको अर्थात यौन हिंसाको शिकार भएको दावी गरेका थिए । उनीहरुले अदालतको ढोका ढकढक्याएका छन्।

अन्य दुई महिलामध्ये एक पोर्नस्टार स्टाँर्मी डेनियल्स र अर्की हुन् ‘द ऐपरेन्टिस’ शोकी प्रतियोगी बनिसकेकी समर जेरभोस ।

स्टाँर्मी डेनियल्सको आरोप

पोर्न अभिनेत्री स्टाँर्मी डेनियल्सको वास्तविक नाम स्टेफनी क्लिफर्ड हो । उनको दावी थियो कि उनको राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अफेयर थियो।

स्टाँर्मी डेनियल्सले सन् २०११ मा इनटच म्यागजिनका लागि दिएको एउटा इन्टरभ्यूमा दावी गरेकी थिइन् कि उनको ट्रम्पका साथ यौन सम्बन्ध थियो र यो कुरा पुष्टि गराउनका लागि लाइफ एन्ड स्टाइल म्यागजिनले स्टाँर्मीको लाइ डिटेक्टर गराएको थियो, जुन यसअघि कहिल्यै सार्वजनिक गरिएन ।

स्टेफनीको दावी छ कि ट्रम्पका निजी वकिल माइकल कोहेनले अक्टोबर २०१६ मा राष्ट्रपति चुनावभन्दा ठिक पहिला उनका साथ १ लाख ३० हजार डलरको सम्झौता गरेका थिए ।

स्टेफनीले अब यो सम्झौता रद्द गर्नका लागि अदालतमा गएकी छन् । उनका वकिलका अनुसार उनले यो मान्नका लागि धम्की दिएका थिए । यही वर्ष फेब्रुअरीमा कोहेनले अमेरिकी मिडिया सामु स्वीकार गरेका थिए कि उनले सन् २०१६ मा एक जना पोर्न स्टारलाई १ लाख ३० हजार डलर भुक्तानी गरेका थिए ।

ट्रम्प स्टेफनीले लगाएको आरोप अहिलेसम्म अस्वीकार गर्दै आएका छन् । उनका वकिलले स्टेफनीमाथि दुई करोड डलरको दावी गरेका छन् । उनका अनुसार स्टेफनीले गोप्य सम्झौता तोडेकी छन्। आइतबार समाचार च्यानल सीबीएस न्युजमा स्टाँर्मी डेनियल्सको अन्तर्वार्ता प्रसारित हुँदैछ ।

समर जेरभोसको आरोप

समर जेरभोस २००६ मा दश एप्रेन्टिसको सिजन पाँचको प्रतियोगी रहिसकेकी छन् । उनले २०१६ मा राष्ट्रपति चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

उनका अनुसार सन् २०१७ मा ट्रम्पले उनलाई जागिरको सिलसिलामा भेट्न बोलाएका थिए । उनी ट्रम्पलाई भेट्न बेभरली हिल्स होटलको एउटा भवनमा पुगिन् । ट्रम्पले उनलाई स्वागत अनुहारमा चुम्बनबाट गरे र स्वयमलाई उनीमाथि लादे ।

जेरभोसका अनुसार उनले ट्रम्पको कब्जाबाट छुट्ने कोशिस गरेकी थिइन् तर ट्रम्पले उनलाई बेडरुममा लैजाने प्रयास गरिरहेका थिए ।
ट्रम्प जेरभोसले लगाएको आरोप अस्वीकार गरिरहेका छन् । उनका अनुसार उनीमाथि आरोप लगाउने जेरभोस र अन्य मानिस ‘रोगी मानसिकता’ वाला हुन् र उनीहरुलाई पैसा, नाम र राजनीतिमा मौका पाउनका लागि उक्साइँदैछ ।

जेरभोसले जनवरी २०१७ मा ट्रम्पविरुद्ध मानहानीको दावी गरिन् तर ट्रम्पका वकिलका अनुसार राष्ट्रपतिविरुद्ध मुद्दा चलाउन सकिँदैछ ।
न्युयोर्कको एउटा अदालतले अब तल्लो अदालतको यो फैसला उल्टाएको छ। यसको अर्थ यो हो कि राष्ट्रपतिविरुद्ध लगाइएका आरोपहरुमाथि सुनुवाई हुनेछ । बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..