प्रदेश ३ नेकपा संसदीय दलको बैठक जारी, बहुमतद्वारा हेटौंडा राजधानी अस्विकार

प्रदेश ३ नेकपा संसदीय दलको बैठक जारी, बहुमतद्वारा हेटौंडा राजधानी अस्विकार 1

हेटौंडा । हेटौंडामामा जारी प्रदेश ३ नेकपाको संसदीय दलको बैठकमा राजधानी र नामकरणको विषयमा छलफल भैरहेको छ । सचिवालयको निर्णयमा व्यपक असुन्तुष्ठि देखिएपछि सहमति खोज्न डाकिएको उक्त बैठकमा गरमागरम छलफल भैरहेको स्रोतले जनाएको छ ।

प्रदेश ३ को राजधानी र नामकरणको विषय टुंगो लगाउन बोलाइएको बैठकमा हेटौंडा राजधानी बनाउने नेकपा सचिवालयको प्रस्तावमाथि मिश्रित प्रतिक्रिया आएपनि बहुमत सांसदहरुले उक्त निर्णय सच्याउनुपर्ने मत राखेको प्रदेश सांसद रत्न ढकालले जानकारी दिनुभयो ।

प्रदेश ३ का सांसद ढकालका अनुसार अहिले बैठक जारी छ । मिश्रित प्रतिक्रिया आइरहेको छ । केहि सांसदहरुले पार्टीको निर्णय मानेर जानुपर्छ भन्ने मत राख्नुभएको छ । तर बहुमत सांसदहरुले पार्टीले हेटौंडालाई स्थायी राजधानी कायम गर्ने निर्णय अवैज्ञानिक भएका कारण सच्याउनुपर्ने धारणा राख्नुभएको छ ।

हेटौंडा राजधानी राख्ने विषयमा असहमति जनाउने सांसदहरुले केहि दिनमा चल्ने प्रदेशसभा बैठकमा लिखित रुपमै प्रस्ताव लाने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

Loading...

One thought on “प्रदेश ३ नेकपा संसदीय दलको बैठक जारी, बहुमतद्वारा हेटौंडा राजधानी अस्विकार

  1. udaya shilakar says:

    स्थान मात्र हैन नाममा पनि असहमति राख्नुस् ।

Comments are closed.

Purna karki
sureshblb55@gmail.com
https://www.rajmarga.com

यो छुट्टाउनु भो कि..