दाजू र भाइबीच चूनावी भिडन्त

काठमाडौँ । निर्वाचनमा दाजू र भाइबीच प्रतिस्पर्धा हुने तय भएको छ ।

प्रदेश २ मा समाजवादी पार्टीले अनिरुद्र सिंह यादवराजपा नेपालले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश २ सप्तरीका मृगेन्द्रसिंह यादवलाई उम्मेदवार बनाएपछि समाजवादी पार्टीले पनि मृगेन्द्रसिंह यादवका भाइ अनिरुद्र सिंहलाई उम्मेदवार बनाएको छ ।

अनिरुद्र एमाले पृष्ठभूमिका हुन् भने मृगेन्द्र काँग्रेस पृष्ठभूमिका । अनिरुद्र तत्कालीन एमालेबाट तत्कालीन फोरम नेपालमा प्रवेश गरेका थिए भने मृगेन्द्रसिंह यादव काँग्रेस हुँदै तत्कालीन सद्भावना पार्टीमा गएका थिए । उनी ज्ञानेन्द्र शाहको पालामा अञ्चालाधीश पनि भएका थिए । अञ्चालाधीशबाट हटेपछि उनी फोरम नेपालमा प्रवेश गरेका थिए । पछि विजयकुमार गच्छदारहरुसँग बाहिरिएका थिए ।

समाजवादी पार्टी नेपालले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार चयन गरेसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनौति थपिएको छ । चारवटा सीट रहेको प्रदेश २ मा काँग्रेस–समाजवादी गठबन्धनले दुई–दुई र राजपा–नेकपा गठबन्धनले दुई–दुई सीटमा सम्झौता गरेको छ ।

Raj Mg
pw_aawaj@hotmail.com
https://www.rajmarga.com

यो छुट्टाउनु भो कि..