केही मुक्तकहरु-कल्पना पौडेल ‘जिज्ञासु’

केही मुक्तकहरु-कल्पना पौडेल 'जिज्ञासु' 1

एक
कसरी रोपिए छुरा मुटुमा त्यो दर्दनाक कहानि छ
नभनी कसैलाई त्यै चरम पीडा सहने मेरो बानी छ
साहित्य रस छम्केर भुलाउदै छु आफु र दुनियाँलाई
नत्र यो सारा जगतनै डुबाउने यी आँखामा पानी छ

दुइ

सुखी त्यो घरवारमा बिबादको आगो लगाएर
बाउ आमा दुई किनारा सन्तान टुहुरा बनाएर
आत्मगलानी हुँदैन हे पथ्थरले बनेको मान्छे ?
कतिन्जेल बाँच्लास आफ्नो संसारमा रमाएर

तिन
नारीको कोमल मन भावना सँग खेलेर त्यो पुरुष जाती
गर्व गर्दै हिड्छ यै समाजमा अझै फुलाएर आफ्नो छाती
पटक पटक मानसिक बलात्कार गरी अझै पागल बनाउन
पृथिवीलाई भार ब्यर्थै किन बाँच्छन त्यस्ता अपराधी घाति ?

कल्पना पौडेल ‘जिज्ञासु’
गैडाकोट नवलपरासी
हाल = काठमान्डौ

loading...
Loading...
Diwas Basnet
askdiwas@gmail.com

यो छुट्टाउनु भो कि..

%d bloggers like this: