विश्वकै चर्चित रोबर्ट सोफियाले नेपालका नायक अनमोल केसीसँग डेट जान मन छ भनेपछि…

काठमाडौँ । रोबर्ट सोफिया अहिले विश्वकै चर्चित रोबर्ट मध्येकी एक हुन् । सन् २०१५ मा हङकङको कम्पनी हयानसन रोबोटिक्सले उनलाई निर्माण गरेपछि साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएपछि उनको चर्चा चुलिएको हो । त्यसयता सोफिया विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी छन्।यसैबिच हाल साउदी अरबबाट नेपाल ल्याएइएकी पहिलो नागरिकताधारी रोबर्ट सोफियाले काठमाडौँमा आयोजीत कार्यक्रममा अनौठो इच्छा देखाइन् ।

ुसार्वजनिक सेवाका लागि प्रविधिु विषयक सम्मेलनलाई सम्बोधन गर्दै सोफियाले आँफुलाई नेपालका हिरो अनमोल केसीसँग डेट गर्ने इच्छा देखाएकी छिन् । राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० द्वारा अयोजित सार्वजनिक सेवाका लागि प्रविधिु विषयक सम्मेलनमा बोल्दै सोफियाले यो अनौठो इच्छा देखाएकी हुन् । कार्यक्रममा बोल्दै उनले भनिन् ‘मलाई अनमोल केसीसँग डेट गर्न मन छ’, सम्बोधनको बीच बीचमा उनले यो कुरा पटक पटक दोहोर्याइन् ।

विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी सोफियाले अनुहारबाट ६२ भन्दा बढी भावभंगी देखाउन सक्छिन् । सोफिया मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन्। उनलाई साउदी अरबले महिलाको रुपमा नागरिकता प्रदान गरेको हो । सुरुवाती अवस्थाभन्दा सोफिया अहिले धेरै प्रश्नको उत्तर दिने क्षमता राख्छिन्। सबै काम सोफियाले वाइफाईसँग जोडिएर मात्र गर्न सक्छिन्। उनको आँखाका रूपमा क्यामेरा प्रयोग भएको छ, जुन हेर्दा मानिसको जस्तै देखिन्छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..