माओवादी केन्द्रका प्रदेश ईच्जार्जहरुको जिम्मेवारी हेरफेर, क-कसले पाए जिम्मेवारी ?

काठमाडौ । नेकपा माओवादी केन्द्रको शनिबार बसेको पुर्व हेडक्वार्टर बैठकले प्रदेश ईच्जार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

यसअघि इन्जार्च रहेका केही नेता सरकारमा मन्त्री भएपछि पाँचवटा प्रदेशमा जिम्मेवारी हेरफेर गरिएको हो ।

प्रदेश ३ का ईन्चार्ज हितमान शाक्य र ७ का इच्चार्ज लेखराज भट्टको जिम्मेवारी भने यथावत राखिएको छ ।

प्रदेश २ का इन्चार्ज मातृका यादव, ५ का बर्षमान पुन र ६ का शक्ति बस्नेत मन्त्ती बनेका छन् भने ४ का देव गुरुङ प्रमुख सचेतक बनेका छन् ।
प्रदेश १ का इन्चार्ज गोपाल किरातीलाई कारवाही गरिएपछि पद रिक्त थियो ।

क-कसले पाए इन्चार्जको जिम्मेवारी ?

बैठकले प्रदेश १ मा इन्चार्जको जिम्मेवारी सुरेन्द्रबहादुर कार्की राम कार्कीलाई दिएको छ ।

२ मा विश्वनाथ साह, ४ मा हितारजा पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मालाई ईन्चार्जको जिम्मेवारी दिईएको छ ।

प्रदेशश ३ शाक्य र प्रदेश ७ मा लेखराज भट्टलाई नै निरन्तरता दिईएको छ । नयाँ पत्रिकामा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..