अमेरिकाको बन्दुक मोहः यसरी उत्रिए लाखौ नागरिक बन्दुकविरुद्ध सडकमा

पूरै अमेरिकामा बन्दुकमाथि कडा प्रतिबन्धको माग गर्दै विद्यार्थीहरुको अगुवाईमा अमेरिकामा विशाल विरोध प्रदर्शन भएको छ।

‘मार्च फर आवर लाइभ्स’ लेखिएको ब्यानरमुनि भएको प्रदर्शनको रुपरेखा गत महिना फ्लोरिडाको एक हाइस्कुलमा भएको गोलीकाण्डमापछि तय गरिएको हो । उक्त घटनामा १७ जनाका मृत्यु भएको थियो । सबैभन्दा विशाल मार्च वाशिंगटनमा भएको छ। जसमा पाँच लाख नागरिक सहभागी भएको अनुमान गरिएको छ। यसका साथै पूरा अमेरिकामा ८ सयभन्दा बढी विरोध प्रदर्शन आयोजना गरिएको छ।

अमेरिकामा बन्दुक नियन्त्रणको मागको पक्षमा लण्डन, एडिनबरा, जेनेभा, सिड्नी र टोक्योमा पनि प्रदर्शन भएको छ। आयोजकहरुका अनुसार वाशिंगटनमा भएको मुख्य प्रदर्शनमा भीड यति बढी थियो कि ‘मात्र उभिने ठाउँ’ पनि थिएन ।

प्रदर्शनकारीहरुले यो प्रदर्शनको माध्यमबाट बन्दुकमाथि निर्णायक निर्णय लिनका लागि अमेरिकी राजनेताहरुलाई दवाब दिन चाहन्छन् । उनीहरुले हतियारको विक्रीमा प्रतिबन्ध लगाउन पनि माग गरेका छन् ।

यद्यपि यसमा अलगअलग मत छ। अमेरिकाको संविधानको दोस्रो संशोधनअन्तर्गत हतियार किन्ने अधिकार प्राप्त छ र हतियारको पक्षमा वकालत गर्ने संस्था नेशनल राइफल एसोसिएसन (एनआरए) शक्तिशाली व्यक्तिहरुलाई प्रभावित गर्न सक्षम मानिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सप्ताहान्तमा आफ्नो फ्लोरिडास्थित मार–अ–लागो रिसोर्टमा छन् । शनिबार साँझ व्हाइट हाउसले एउटा वक्तव्य जारी गरेर ‘पहिलो संशोधनअन्तर्गत प्राप्त अधिकारको प्रयोग गर्दै कयौ साहसी युवा अमेरिकीहरु’को प्रशंसा गरेको थियो ।

व्हाइट हाउसको वक्तव्यमा बन्दुकबाट हुने हिंसा रोक्नका लागि सरकारी प्रयासहरु पनि बताएको थियो। उदाहरणका लागि सामान्य हतियारलाई असल्ट हतियारमा परिवर्तन गर्ने बम्प स्टकमाथि रोक लगाउने निर्णय र स्टाप स्कुल भायलेन्स कानुन, जसअन्तर्गत विद्यालयमा सुरक्षा सुधार गरिनेछ र छात्रहरु र स्थानीय प्रहरीलाई राम्रो तालिम दिइनेछ ।

अपराधिक पृष्ठभूमिको अवस्थामा पनि सुधार ल्याउने योजना छ ताकि बन्दुक किन्ने व्यक्तिको राम्रोसँग छानविन गर्न सकियोस ।

आयोजकहरुका अनुसार करिब पाँच लाख नागरिक वाशिंगटनको सडकमा उत्रन सक्छन् । जुन विगत वर्ष भएको माहिलाहरुको मार्चपछिको सबैभन्दा ठुलो प्रदर्शन हुनेछ ।

एरियाना ग्रान्डे, माइली साइरस, जेनिफर हड्सन रलिन–मैनुअल मिरान्डाजस्ता हस्तीहरुले यो प्रदर्शनमा प्रस्तुती दिने छन्।

वाशिंगटनमा रहेका बीबीसी सम्वाददाता जोन सोपेलका अनुसार प्रदर्शनकारीहरुले विद्यालयमा भएको गोलीकाण्डमा मारिएका विद्यार्थी र शिक्षकको तस्वीर बोक्नेछन् ।

अमेरिकाको लचिलो बन्दुकसम्बन्धी कानुनका कारण त्यहाँ बन्दुक किन्नु र त्यो लिएर हिड्न सहज छ । अमेरिकामा आम नागरिकको तर्फबाट बेकसुरमाथि गोली प्रहार गर्ने क्रम वर्षौदेखि चलिआएको छ। तर हालैका वर्षमा शक्तिशाली हतियारको उपलव्धताबाट सबैभन्दा जघन्य घटनाहरु भएका छन्।

गत वर्ष लस भेगासमा अमेरिकी इतिहासमै सबैभन्दा भिषण गोलीकाण्डको घटना भएको थियो । जसमा ५८ जनाको ज्यान गएको थियो । यसपछि एकपटक फेरि बन्दुक सम्बन्धी बहसले चर्चा भएको छ कि अमेरिकामा बन्दुकसम्बन्धी कानुन के यति लचिलो छ कि मानवतामाथि नै संकट बनेको छ।

२०१७ मा गरिएको एउटा सर्भेक्षणलाई मान्ने हो भने करिब ४०प्रतिशत अमेरिकले आफूसँग बन्दुक रहेको बताएका थि । उनीहरुको घर वा नजिकै बन्दुक थियो । अमेरिकामा २०१६ मा बन्दुकबाट भएको हत्या र सामूहिक हत्यामा ११ हजार मानिसको मृत्युभएको छ। संसारमा बन्दुकबाट भएको नरसंहारमध्ये ६४ प्रतिशत घटना अमेरिकामा मात्र भएको छ । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..