यस्तो रहेछ मुसामा प्रेम र यौन आकर्षणको रहस्य

एउटा ताजा अध्ययनमा वैज्ञानिकहरुले मुसामा पाइने त्यो न्युरोन पत्ता लगाएका छन्, जसबाट उनीहरुको नरप्रति यौन आकर्षण हुने गर्दछ ।

यो शोधका अनुसार मुसामा अक्सिटोसिन हर्मोनका कारण सक्रिय हुने न्युरोन (तन्त्रिक कोशिका)को एउटा सानो समूह सेक्ससम्बन्धी व्यवहारमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ ।

वैज्ञानिकहरुले जब यो कोशिकालाई निश्क्रिय गरे, तब मुसामा अक्सिटोसिनको असर भएन । ‘लभ हर्मोन’ (प्रेम हर्मोन)को नामले प्रचलित अक्सिटोसिनलाई पहिला नै कयौ सामाजिक अन्तरंगताहरुका लागि जिम्मेवार मानिएको छ।

सेल नामक पत्रिकामा प्रकाशित अध्ययनअनुसार यो हर्मोनबिना पोथी मुसा नर मुसाप्रति बिल्कुल आकर्षित हुँदैनन् । यो न्यूरोन पोथी मुसाको प्रिफ्रंटल कार्टेक्स (मष्तिस्कको अगाडिको भाग) मा पाइने गर्दछ। मष्तिस्कको यो भाग व्यक्तित्व, सिक्ने क्षमता र सामाजिक व्यवहारका लागि निकै महत्वपूर्ण मानिन्छ ।

जब यो हर्मोनलाई रोकियो र ती कोशिकाहरुलाई शान्त गरियो तब यौन सक्रियताको समयमा पनि पोथी मुसा नर मुसाप्रतिको आकर्षण अन्त्य भयो । बाँकी समय पोथी मुसाले नर मुसासँग सामान्य व्यवहार देखायो ।

अध्ययन गर्ने न्युयोर्कका रकफेलर विश्वविद्यालयको शोध टिमका सदस्य नैथेनियल हिंट्जले बीबीसीसँग भने–यसको अर्थ यो होइन कि यसका लागि केवल यही हर्मोन जिम्मेवार छ, किनभने हर्मोनले दिमागको कयौ हिस्सामा काम गर्दछ । तर, यो अवश्य हो कि यी कोशिकाहरुको आवश्यकता पोथी मुसाको सामाजिक व्यवहारका लागि आवश्यक छ।

शोधकर्ताहरुले आफ्नो अध्ययनमा नर मुसाको तुलनामा पोथी मुसामा पाइने न्युरोन अक्सिटोसिनप्रति बढी तिब्रताका साथ प्रतिक्रिया दिने गरेको समेत पाए । डा. हिंट्जका अनुसार मानिससमेत अन्य जीवमा पनि यस्तै हुने सम्भावना रहेको बताए । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..