२१ औ सताब्दीमा यस्तो पनि मृत्यु,! पति-पत्नीले एकैदिन यसरी प्राण त्याग गरे

पत्नीको हृदयघातको कारण मृत्यु भएको केही घण्टामा नै पतीले पनि प्राण त्याग गरे भन्दा सबैलाइ अचम्म लाग्न सक्छ । तर अचम्म नमान्नुस न यो राणाकालिन समयको जस्तो सतीप्रथा हो न त पत्नी गुमाएको बियोगमा भएको आत्महत्या नै ।

रामेछापको गोकुलगङगा गाउपालिका वडा न .५ नामाडीमा घटेको यो घटना यतीबेला चर्चामा छ । चैत्र -९ गते बिहान ८० बर्षिय बिष्णुमाया खड्काले जब हृदयघातको कारण प्राण त्यागीन त्यस्को केही घण्टामा नै उन्का ८५ बर्षिय पति दल बहादुर खड्काको पनि मृत्यु भएपछी स्थानिय बासिन्दाहरु अचम्मीत भएका छन ।

धर्मप्रती आस्थावान उक्त जोडीलाइ भगवानले मृत्युपर्यन्त पनि बिछोड गराउन नचाहेको कारण पति दल बहादुरको मृत्यु सम्भब भएको कतिपय स्थानिय बासिन्दाको भनाइ छ ।

अचम्म लाग्दो बिषय त अझ के छ भने पत्नी बिष्णुमाया पतीधर्मप्रती बढी नै आस्थावान थिइन भने पति दल बहादुर पनि धार्मिक कार्यहरुमा निक्कै समर्पित थिए ।

सन्सारका हरेक जोडिहरुको मृत्यु दल बहादुर र बिष्णुमायाको जस्तै चाहना भएतापनी यस्तो मृत्यु सम्भब नभएको बताउदै आश्चर्यजनक यो संयोग दुनियाँलाई चकित बनाउने खाल्को भएको सारदा उमाबी ठोसेका प्राचार्य रबिराज खड्काले बताए ।

अझ चाखलाग्दो बिषय त के छ भने जब मलामीहरु बिष्णुमायाको दाह्रसस्कार गरेर घर फर्किए तब पति दल बहादुर खड्काले पनि प्राण त्यागीसकेका थिए । अनि तिनै मलामीहरुले फेरी दल बहादुरको मृत सरिरलाइ पत्नीकै दाह्रसस्कार स्थलमा लिएर गए अनि अन्त्यष्टी गरेर घर फर्किए ।

ब्यक्तीगत जग्गा दान गरेर धार्मिक उद्दारमा सधै पर्यत्नरत रहने दलबहादुरले नमाडीमा नै सदगुरुधाम समेत स्थपना गरेका छन । त्यस्तै आर्ट अफ लिभिङ नेपाल भन्ने सस्थाको भबन निर्माणको लागी समेत जग्गा दान गरेर भबन समेत निर्माण भैसकेको छ ।

परिवार र अफन्तको लागी उक्त जोडीको मृत्यु दुखद भएतापनी यस्तो सुखद मृत्यु सन्सारमा बिरलै हुने स्थानिय बासिन्दाको भनाइ छ ।

मृत्युलाई समेत आफ्ना बिगतमा गरिएका कर्महरुले निर्धारण गर्छ भन्ने एउटा गतिलो सन्देश पाएको पनि उनिहरुको भनाइ छ ।

नमाडीकै जननिर्वाचित वडा अध्यक्ष बलराम खड्काले मृतक दम्पतीको धार्मिक कृयाकलापको चर्चा गर्दै आफ्नो फेसबुकमा लेखेका छन :” वाहाहरु लामो समयदेखी शिव, पार्बतीको भक्तीमा लिन हुनुहुन्थ्यो ।” खड्काले यो मृत्यु पनि शिव , पार्बतीको आशिष हुन सक्ने सङ्केत गर्दै सोकाकुल परिवारजन प्रती दुख ब्यक्त गरेका छन । विशाल बस्नेत /रामेछाप

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..