मध्यम उचाई भएको पुरुषबाट बढी सन्तान

युवतीहरुको आम रोजाई ‘टल, डार्क र ह्याण्डसम’ अर्थात अग्लो कद र सुन्दर रङ्गका युवक हुने गर्दछ । तर, शोधकर्ताहरुको दावीअनुसार मध्यम कदका पुरुषबाट सबैभन्दा बढी बच्चा हुने गर्दछ । अमेरिकी पुरुषहरुमा गरिरहेका बैज्ञानिकहरुका अनुसार पाँच फुट दश इन्च कद भएका पुरुष प्रजननमा सबैभन्दा बढी सफल हुन्छन् ।

‘बिहेवियरल इकोलजी एण्ड सोसियोबायोलजी’ पत्रिकामा प्रकाशित लेखमा शोधकर्ताहरुले भनेका छन्, मध्यम कद भएका पुरुषको सामान्यतयाः दुई वा बढी सन्तान हुने गर्दछ । यद्यपि शोधकर्ताहरुले मध्यम कद भएका पुरुषले छिटो बिवाह गरेका कारण पनि यसो भएको हुन सक्ने अनुमान गरेका छन् । पहिला गरिएको शोधमा महिलाको पहिलो रोजाई लामो कदका पुरुष हुने गरेको तथ्य फेला परेको थियो ।

नेदरल्याण्डसका ग्रोनिनजेन विश्वविद्यालयका शोधकर्ता गर्ट स्टल्पका अनुसार पहिला पश्चिमी समुदायमा लामो कद भएका पुरुषबाट पनि बढी सन्तान हुने विश्वास गर्दथे । उनीहरुले कद र बच्चामा सबैभन्दा पहिला गरिएको शोधको अध्ययन गरेका थिए । जसमा १९४७ भन्दा ५० वर्षअघिसम्मको तथ्याङ्कको जिकिर छ ।

सबैभन्दा बढी सन्तानः शोधका अनुसार सबैभन्दा बढी सन्तानको तथ्याङ्क, २१५७ त्यस्ता पुरुषको छ जसको उचाई १७७१७९ सेन्टिमिटर छ । यसबाट ६ सेन्टिमिटर बढी वा कम कद भएका पुरुषहरुको सन्तानको तथ्याङ्क २१ सय ५२ पाइएको छ । गर्ट स्टल्पसले बीबीसीसँग भने, प्रचलित अवधारणाविपरीत लामो कद भएका पुरुष सहवासमा सबैभन्दा बढी सफल छैनन् । बरु, मध्यम कद भएका पुरुषहरु सहबासको मामिलामा सबैभन्दा बढी सफल छन् ।

यद्यपि शोधकर्ताहरुका अनुसार विवाहका लागि वर छनोट गर्ने बेला कदको महत्व खासै हुँदैन । शोधकर्ताहरु भन्छन्, कदबाट करिब तीन गुना बढी आवश्यक विन्दु हो आर्थिक आम्दानी र करिब साढे चार गुना बढी असर हुने गर्दछ पढाई लेखाईको । बीबीसी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..