एमसीसीः चीन घेर्ने अमेरिकी रणनीतिमा कांग्रेसको साथ

एमसीसीः चीन घेर्ने अमेरिकी रणनीतिमा कांग्रेसको साथ 1

काठमाडौं । यतिवेला नेपालको राजनीतिमा एमसीसी र उपसभामुखको राजीनामा केन्द्रीय विषय बनेको छ । कतिपयले यी दुई विषय अन्तरसम्बन्धीत रहेको पनि बताउँदै आएका छन् । नेकपाका समानुपातिक सांसद रहेका उपसभामुखले आफ्नै पार्टीले राजीनामा दिन गरेको निर्देशन मान्न अस्विकार गरे । त्यसमा प्रधानमन्त्रीले नै राजीनामा नदिन भनेको कुरा बाहिर आइरहेको छ ।

नेपालको हितमा नभएको भन्दै नेकपाभित्र अधिकांश नेताहरु एमसीसीको विरोधमा उभिएका भएपनि प्रधानमन्त्री एमसीसी लागु गराउने पक्षमा छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जसरी पनि एमसीसीलाई संसदबाट अनुमोदन गराउनु पर्ने मत राख्दै आएको छ । तर रुस र चीनले भने एमसीसी नेपालको हितमा नभएको बताउँदै आएको छ ।

एण्डो प्यासिफिक रणनीतिको अधिनमा रहेका प्रोजेक्ट एमसीसी मार्फत अमेरिका नेपालको सर्वभौमिकतामाथि हस्तक्षेप गर्ने दाउमा रहेको देखिन्छ ।  चीन र रूस  ईन्डोप्यासिफिक रणनीतिप्रति एकदम सशंकित छन्। रूसले त सिधै यो चीन बिरोधी, चीनलाई घेर्ने रणनीति हो भनेको छ।  रुसी परराष्ट्रमन्त्री सर्गे लभारोभले ‘अमेरिकाको इण्डो प्यासिफिक रणनीति चीनलाई घेर्न ल्याइएको रणनीति हो’ भनेका छन् ।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनको क्याबिनेटले एमसीसीको सम्झौता गर्ने निर्णय गरेका थिए । तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले अमेरिका पुगेर सन् २०१७ सेप्टेम्बर १४ मा अमेरिकासँग एमसीसी सम्झौता गरिएको थियो । त्यो वेला नेपाली कांग्रेस र तत्कालिन माओवादी केन्द्रको संयुक्त सरकार थियो ।

 

 

 

Loading...

One thought on “एमसीसीः चीन घेर्ने अमेरिकी रणनीतिमा कांग्रेसको साथ

Comments are closed.

Purna karki
sureshblb55@gmail.com
https://www.rajmarga.com

यो छुट्टाउनु भो कि..