तपाईलाई थाहा छ, के हो हाम्रो खुसीको रहस्य ? यो किन जरुरी छ ? कसरी हुन्छ प्राप्त ? के हो खुसी ?

अघिल्लो एक–दुई महिनाका विषयमा तपाईको के अन्दाजा छ ? त्यतिबेला तपाई कस्तो महशुस गर्नुहुनेछ ?

हामी सबै यो बुझ्न चाहन्छौ कि आउने दिनहरुमा हामी खुसी रहने छौ वा छैनौ, यो कुराको अन्दाजा कसरी लगाउने ? यदि हामी यो अन्दाजा लगायौ भने आगामी दिनमा हामी हस्तो महशुस गर्नेछौ, त्यसो भए त्यसलाई परिवर्तन गर्न हामी आवश्यक कदम चाल्न सक्छौ ।

खुसीको अर्थ

धेरै मानिसका लागि खुसीको अर्थ हो, जिन्दगीबाट नकारात्मक कुरा, मानिस वा वस्तु हटाउनु । यदि हामी तनावबाट मुक्त भयौ, बोरियतबाट छुटकारा पायौ, रोगलाई पराजित गर्न सक्यौ, एक्लोपनबाट टाढा रह्यौ, पैसाको अवश्यकतामाथि जित हासिल गर्न सफल भयौ, तब हामी बढी सन्तुष्ट हुन सक्दछौ । आफ्नो हालातबाट बढी खुसी हुन सक्छौ ।

तर, के होला, यदि खुसीको अर्थ र खुसी हुने तरिका यो कुराभन्दा पनि बढी छ भने ? के खुसीको अर्थ यो हो कि हाम्रो जिन्दगीमा समस्या नहोस् ? वा फेरि खुसीको अरु नै कुन अर्थ छ ?

बेलायतको लिभरपुल युनिभर्सिटीका मनोवैज्ञानिक प्रोफेसर पिटर किन्डरमैन भन्छन्–हामीलाई थाहा छैन कि मानिस यसकारण खुसी हुन्छन् कि उनीहरुको जीवनबाट सबै नकारात्मक कुरा हटेको छ वा उनीहरुले खुसी हुनका लागि केही अरु नै गरेका छन्।

केमा निर्भर छ खुसी ?

पिटर किन्डरमैनका अनुसार हाम्रो खुसी, निकै हदसम्म हाम्रो सोच्ने तरिकामा निर्भर गर्दछ । उनी यो विषयमा अध्ययन गरिरहेका छन् कि हामी कठिन अवस्थामा कस्तो व्यवहार गर्दछौ । यसको हाम्रो दिमागी स्वास्थ्यमा कस्तो असर पर्दछ । यसका लागि पिटर किन्डरमैनले बीबीसीसँग मिलेर एउटा अनलाइन सर्भे तयार गरे, जुन खुसीको रहस्य थाहा पाउनका लागि सहभागीहरुसँग केही प्रश्न गरे । फेरि ६ सातापछि सर्भेअन्तर्गत केही अरु प्रश्न सहभागीसँग सोधिन्छ ।

पिटर किन्डरमैन भन्छन् कि यो प्रयोगको माध्यमबाट त्यो उत्तरपत्ता लगाउने कोशिस गरिरहेका छन् कि जे हामी आज सोचिरहेका छौ, के त्यसबाट हाम्रो मष्तिस्कमा असर पार्दछ ? उनलाई लाग्छ कि यो अध्ययनबाट हामी यो पत्ता लगाउन सक्नेछौ कि हामीलाई खुस रहनका लागि आफ्नो सोच्ने तरिकामा के परिवर्तन गर्नु जरुरी छ।

पिटर किन्डरमैन, ब्रिटेनको नेशनल हेल्थ सर्भिसका सल्लाहकार मनोवैज्ञानिक हुन् । उनी भन्छन् कि पटकपटक समस्याहरुका बारेमा सोच्नु र निराशावादी हुनु, हाम्रो दिमागी स्वास्थ्यका लागि हानीकारक छ ।

खुस रहने अन्दाजा

किन्डरमैनको अध्ययनबाट यदि यो नतिजा आउँछ कि कसैको सोच्ने, विचार गर्ने तरिकाबाट भविष्यमा खुस रहने अन्दाजा लगाउन सकिन्छ । तब उसको जीवनबाट नकारात्मक सोचलाई हटाउने तरिकामाथि पनि ध्यान दिन सकिन्छ । यसबाट मानिसलाई दिमागी रोगबाट बचाउन सहयोग पुग्ने आशा गर्न सकिन्छ ।

खुसीको खबर यो छ कि जसरी हामी हाम्रो स्वास्थ्यसँग सम्बन्धित समस्याहरुको उपचारगर्दछौ, त्यसरी नै हाम्रो सोच्ने तरिकामा परिवर्तनको उपचार पनि छ । जस्तो कि कग्निटिभ बिहैवियर थेरापीबाट हामी केही विशेष विषयमा बढी सोचविचार गरेर आफ्नो व्यवहालाई परिवर्तन गर्न सक्दछौ।

पिटर किन्डरमैन भन्छन्–हाम्रो खुसीको रहस्य यो कुरामा लुकेको छ कि हामी आफ्नो व्यवहारलाई राम्रोसँग बुझौं, फिरी जे कुराले हाम्रो दिलदिमागमा नकारात्मकख्याल ल्याउँछ, त्यसको सामना गर्ने तरिकामा काम गरौ, यसरी खुसी प्राप्त गर्न सकिन्छ ।

नीना क्रॉमेयर डायके/बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..