महिलाको स्कर्ट माथि स-यो कि तपाईको सोचाई तल झ-यो ?

नारी देहलाई लिएर सोचाई परिवर्तन गर्नुपर्ने मागसहित संसारभर सानो ठुलो आन्दोलन चलिरहेको छ।

महिलाप्रति सम्मान र मर्यादित व्यवहार गर्नुपर्ने कुरा भइरहेको छ। यही विषयमा हार्वर्ड विश्वविद्यालयका भारतीय छात्रछात्रहरुले एउटा ब्लगको माध्यमबाट सामाजिक सञ्जालको माध्यममा पहल सुरु गरेका छन् । जसलाई embodyindia नाम दिइएको छ।

यो तस्वीरमा महिलाका विषयमा रहेको रवैया बदल्नका लागि छात्राहरु प्लेकार्ड लिएर उभिएका छन् । प्लेकार्डमा सन्देश त्यो खस वर्गलाई लक्षित गरेर लेखिएको छ जो महिलाको देहलाई एउटा वस्तुका रुपमा हेर्ने गर्दछन् । यी तस्वीरहरु ब्लग र फेबुकमा शेयर गरिएको छ।

भारतीय छात्राछात्रको यो समूहका अनुसार महिलाको शरीरमा मात्र उसैको अधिकार छ । र, उसको कपडामा कसैको निमन्त्रण दिनका लागि होइन।

यो ग्रुपले फेसबुकमा युएस इन्डिया एनिशियटिभ नाममा पेज बनाएका छन् । र, फेसबुक युजरसँग आफ्नो अभियानमा साथ दिन अनुरोध गरेका छन् । यसका लागि फेसबुक पेजमा निप्पणी गर्न अनुरोध गरिएको छ। साथै आफ्नो तस्वीर पनि पोष्ट गर्न आग्रह गरिएको छ।

यो ग्रुपले भनेको छ–तपाई संसारको जुनसुकै कुनामा हुनुस्, तपाईलाई आन्दोलनमा भाग लिन आमन्त्रित गर्दछौ । मानिसहरुलाई आफ्नो ब्लगमा जोड्नु हाम्रा लागि सम्मानको कुरा हुनेछ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..